सडक दुर्घटनासँगै मानवीय क्षति पनि बढ्यो

  प्रकाशित मिति
६ माघ २०७७, मंगलवार १४:०५


झापा, ६ माग । सडकमा सवारी दुर्घटना बढेसँगै मानवीय क्षति पनि बढेको छ ।

विश्वका आद्यौगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिदै गर्दा हाम्रो जस्तै असमान भौगोलिकता भएको मुलकुमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको एक बर्षको तथ्याङ्कले सो पुष्टि गरेको हो ।

कार्यालयले कोभिड–१९ का कारण सार्वजनिक यातायात भन्दा बढी निजी सवारी (मोटरसाइकल) को प्रयोग बढी भएको र चालकको लापरवाहीले सडक दुर्घटना बढेको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काले एक बर्षमा जिल्लामा ५४४ वटा सवारी दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएको जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । वि.सं. २०७६ पुस महिनादेखि गत पुस मसान्तसम्ममा ३०६ वटा मोटरसाइकल, ४५ वटा ट्रक, ५८ वटा कार, १९ वटा वस, २३ ट्याक्टर, २५ टेम्पो, ६३ वटा साइकल र अन्य पाँच गरी ५४४ वटा सवारी दुर्घटना भएको जनाएको छ ।

सोही सवारी दुर्घटनामा मृत्यु हुनेमा ५८ जना पुरुष, सात जना महिला र छ जना बालक रहेका छन् । सशक्त घाइते हुनेमा २५६ जना रहेका छन् । घाइते हुनेमा सबैभन्दा बढी पुरुष २०३ जना, ३७ जना महिला, ११ जना बालक र पाँच जना बालिका रहेको तथ्याङ्कमा उल्लेख छ ।

सहायक प्रहरी निरीक्षक खड्काले सबैभन्दा बढी दुर्घटना बेलुका करिब ५ः०० बजेदेखि ८ः०० बजेको बीचमा हुने गरेको बताए । “चालकले मापसे गर्ने, साँझमा वत्तीको एन्टिलाइट पर्ने, द्रुत गतिमा सवारी चलाउँदा दुर्घटना बढ्यो”, उनले भने विगतमा भन्दा कोभिड–१९ बढेसँगै सार्वजनिक यातायातमा भन्दा बढी निजी सवारीमा सवार गर्नेको संख्यामा समेत बृद्धि भएको, साँघुरा सडकसँगै गरिने ओभरटेकका कारण पनि दुर्घटना बढेको अनुसन्धानमा देखिएको बताए ।

उनले विगत १२ महिना मध्ये सबैभन्दा बढी सवारी दुर्घटना गत पुसमा महिनामा भएको र मानवीय क्षति पनि बढी भएको बताए । पुसमा १६४ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

सडकमा अनटेस्ट लेखिएका मोटरसाइकल र सवारी अनुमतिपत्र नै नलिई मोटरसाइकल चलाउनेको कारण पनि साँझ पख दुर्घटना हुने गरेको उनको भनाई छ । “यस्ता सवारीका कारण समस्या आइरहेको छ”, उनले भने, “दुर्घटना गराएर भाग्छन् । मानवीय भावना समेत नभएका उनीहरुलाई सडकमा सीसी क्यामेरा नहुँदा पहिचान गर्न समस्या भइरहेको छ ।”–––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: