सडक भत्किँदा यातायात अवरुद्ध

  प्रकाशित मिति
५ आश्विन २०७३, बुधबार १३:४७


2

विर्तामोड, ५ असोज । पूर्व पश्चिम लोकमार्गको विर्तामोड खण्ड बुधबार विहानको अविरल वर्षाले भासिँदा यातायात अवरुद्ध भएको छ ।

विर्तामोडको मुक्तिचोकबाट एक किलोमिटर पूर्व नयाँ बसपार्क मोडिने ठाउँमै विहान लोकमार्गको २० फिट क्षेत्र धसिएर चिरा चिरा परेको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडले लोकमार्ग भत्किएको ठाउँभन्दा २ सय मिटर पूर्व र पश्चिमतर्फ बेरियर खडा गरी आवागमन नगर्न सचेत गराउँदै चिन्ह राखेको छ ।

रातिदेखिको अविरल वर्षाले नजिकको पुरानो कल्भर्ट धसिदा मुख्य सडक नै चिरा परेको हो । एक महिना अघि सोही ठाउँमा सडकको किनारा धसिन सुरु गर्दा सम्बन्धित निकायले चासो दिएको थिएन ।

अहिले विर्तामोडको मुक्ति चोक उत्तरतर्फबाट सार्वजनिक तथा निजी यातायातका साधनहरू ओहोरदोहोर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: