सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

  प्रकाशित मिति
१ आश्विन २०७९, शनिबार १६:२०


लमजुङ, १ असोज । सडक संजालले नछोएकाे मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो । 

शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाले ल्याब सेवा लिएका छन् । यस्तै, च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब परीक्षण गरिएको छ ।

फुगाउँमा १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २६४ जनाको स्वास्थ्य परीक्षण भएकाे छ  

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: