भद्रपुर । दक्षिणी झापाका गाविसहरुमा पर्ने सडकको स्तरोन्नतिका लागिचालु आर्थिक वर्षमा १ अरब २१ करोड ९१ लाख रुपैयाँ बराबरको वजेट विनियोजन गरिएको छ ।
सोही क्षेत्रका सांसद कृष्णप्रसाद सिटौलाको विशेष पहलमा राष्ट्रिय योजना आयोगबाट उक्त रकम विनियोजन गरिएको हो ।
सो रकमबाट पथरीया सुकुनाडाँगीदेखि घेराबारीसम्म १० किलोमिटर बाटो ३० करोड ४२ लाखको योजनामा कालोपत्रे गरिने, केचना कबल हँुदै पथरियासम्मको रिङरोड कालोपत्रे गर्नका लागि २६ करोड ३८ लाख रकम विनियोजन गरिएको सिटौलाका स्वकीय सचिव प्रेम विक्रम भट्टराइले जानकारी दिए ।
उनका अनुसार वालुवाडी चन्द्रमणी राजमार्ग देखि वार्ड नम्बर २ सम्म को वाटो मर्मत गर्न ९ करोड, जलथल अधिकारी चोकदेखि घेराबारी सम्मको १४ किलोमिटर वाटो कालो पत्रे गर्न २६ करोड ६९ लाख रुपैयाँ र वनियानी सिङ्गीमाडीदेखि वालुवाडीसम्मको १५ किलो मिटर बाटो कालो पत्रे गर्न २९ करोड ४२ लाख रुपैयाँ राष्«िटय योजना आयोगबाट विनियोजित गरिएको हो ।
बहुवर्षिय योजनामा स्वीकृत भएका यी योजनाहरु आर्थिक बर्ष २०७३÷०७४ को भदौ महिनावाट कार्य सुरु गरिने स्थानीय सामाजिक व्यक्तित्व भुमि राजबँशीले वताए । उनका अनुसार यी क्षेत्रका विभिन्न योजनाहरु सम्पन्न गर्न भद्रपुर नगरपालिकालाई ५० करोड रुपैयाँ आयोगवाट छुट्याइएको छ ।