सडनडेथमा मनाङ भाग्यमानी

  प्रकाशित मिति
१० मंसिर २०७४, आईतवार ०९:५८


 


काँकरभिट्टा । गोलरक्षक दिनेश थापाको उत्कृष्ट बचाउसँगै मनाङ मस्याङ्दी क्लब काठमाडौँ सडन डेथका आधारमा मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शनिवार काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल निर्धारित समयभित्र गोलरहित बराबरीमा सकिएपछि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा समेत खेल ५÷५ को बराबरी भएपछि सडन डेथका आधारमा निर्णय लिइएको थियो ।

जितका लागि मनाङका अनिल गुरुङ, विमल राना, बिमल बस्नेत, हेमन गुरुङ, डोना थापा, विक्रम लामा, दिनेश थापाले गोल गरेका थिए । रुपेन्देहीका निरज बस्नेत, रजिन धिमाल, रुपेश केसी, दिपक राई, दिलिप क्षेत्री, विजय धिमाल पनि गोल गरे । तर, सडन डेथमा सौरभ मगरले हानेको प्रहारमा मनाङका गोलरक्षक दिनेश थापा बाधक बनेपछि रुपन्देहीको सेमीफाइनल पुग्ने यात्रा समाप्त भएको थियो ।

त्यसअघि खेलको ११ औँ मिनेटमा रुपन्देहीका रजिन धिमालको क्रसमा विदेशी खेलाडी आवाले गोल गर्न सकेनन् । १२ औँ मिनेटमा मनाङका विमल घर्ती मगरले हानेको हेडरले जाली चुमे पनि अफसाइड भएका कारण स्कोर हुन सकेन । ४१ औँ मिनेटमा मनाङका विशाल राईले हानेको प्रहारले पनि गोलपोष्टको दिशा लिन सकेन । पहिलो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो ।

खेलको ५० औँ मिनेटमा मनाङका स्टाइकर विमल घर्तीमगरले हानेको प्रहारमा विपक्षी गोलरक्षक दिलिप क्षेत्री बाधक बनेका थिए । सुजल श्रेष्ठ, अनिल गुरुङ, हेमन गुरुङ, विशाल राई, अञ्जन तामाङले हानेको प्रहार गोलमा परिणत हुन नसक्दा मनाङले निर्धारित समयमा कुनै पनि स्कोर गर्न सकेन ।

रुपन्देहीका विदेशी खेलाडी आवाले पाएका थुप्रै अवसर पनि खेर गए । रजिन धिमाल, विजय धिमाल र सौरभ मगरको प्रहार पनि खेर गएपछि रुपन्देही सेमीफाइनलको यात्रा समाप्त भएको हो । उनीहरुका हरेक प्रहारमा मनाङका डिफेन्स अनन्त तामाङ, सुजल श्रेष्ठ र गोलरक्षक दिनेश थापा बाधक बनेका थिए ।

खेलको म्यान अफ द म्याच मनाङका गोलरक्षक दिनेश थापा घोषित भए । उनलाई मेची नेत्रालयले प्रदान गरेको नगद १० हजार प्रदान गरिएको थियो । एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङ र मेची बस व्यवसायी संघका उपाध्यक्ष भवानी केरुङले प्रदान गरेका थिए ।

आइतवारको खेल सुदुर पश्चिम ११ र त्रिभूवन आर्मीबिच हुने आयोजक समितिका सदस्य रोषन काफ्ले बताए ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगिताका विजेता टिमले नगद ८ लाख १ हजार र उपविजेता टिमले नगद ४ लाख १ हजार प्राप्त गर्ने अध्यक्ष मिन बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: