सताक्षी गोल्डकपमा २१ लाख बढी बचत

  प्रकाशित मिति
२३ जेष्ठ २०७३, आईतवार १०:०३


4

झिलझिले । झापाको झिलझिलेमा सम्पन्न प्रथम सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ ।

वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालित प्रतियोगिताको हिसाब सार्वजनिक गर्दै आर्थिक संयोजक गणेश प्रधानले २१ लाख ४२ हजार २१७ रुपैयाँ बचत गरेको जानकारी दिए । उनका अनुसार ५५ लाख ६९ हजार ५६० रुपैयाँको कारोबार गर्दा ३४ लाख २७ हजार ३४३ रुपैयाँ प्रतियोगितामा खर्च भएको थियो ।

स्थानीय सहयोगबाट आयोजना गरिएका प्रतियोगितामा टिकट बिक्रीबाट १० लाख ४३ हजार ९३० रुपैयाँ सङ्कलन भएको उनले बताए । बचेको रकम निश्चित बचत गरेर खर्च स्थानीय खेलाडी उत्पादनका लागि एकाडेमी सञ्चालनमा खर्च गर्ने उनको भनाइ थियो । अर्को वर्ष पनि गोल्डकपले निरन्तरता पाउने बताएको आयोजक क्लब सतासीधाम स्पोर्टिङ क्लबका सदस्य तथा प्रचार प्रमुख योगेन लावतीले भने, ‘साहस र मेहनतले प्रतियोगिता सम्पन्न भयो ।’

क्लबका अध्यक्ष रमेश लावतीले सहयोगी सबैलाई धन्यवाद दिँदै दिमागमा समझदारी, छातीमा इमान्दारी र काँधमा जिम्मेवारी बोकेका फुटबलप्रेमीको साथले गोल्डकप सफल भएको दाबी गरे । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर अधिकृत हरि गुरागाईं र फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: