सताक्षी गोल्डकप आजदेखि

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार ०४:३८


 

झिलझिले । पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि झापामा पहिलो पटक आयोजना गर्न लागिएको प्रथम सताक्षी गोल्डकप शनिवारदेखि सुरु हुँदैछ ।

झिलझिलेको खेलमैदानमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण सताक्षी गोल्डकपको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल गर्ने कार्यव्रmम रहेको छ । दिउँसो २ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेल भारतको कञ्चनजङ्घा फुटबल क्लब र आयोजक सताक्षीधाम स्पोटिङ क्लब बिच हुनेछ ।

आयोजकको नेतृत्व स्थानीय समेत रहेका फुटबलमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त अनन्त तामाङले गर्दै छन् । तामाङले झिलझिले खेल मैदानबाटै फुटबल यात्रा सुरु गरेका थिए । झिलझिलेको खेलमैदानमा पहिलो पटक उत्रिने मनाङ मस्र्याङ्दीका कमल श्रेष्ठले राईट डिफेन्सको जिम्मेवारी पाउने छन् । थ्री स्टार क्लबका गोलकिपर बिशाल श्रेष्ठ गोल किप्परकै भूमिकामा आउने भएको आयोजकले बताएको छ । थ्रिस्टारकै विव्रmम लामा मनाङ मस्र्याङ्दीका विशाल राई, एपीएफका अन्जन बिष्ट र झापा ११ का खेलाडीद्वय गणेश खड्का र योगेश गुरुङ पनि मैदानमा उत्रँदै छन् ।

यता, कञ्चनजङ्घा फुटबल क्लब दार्जीलिङले पनि आयोजकलाई हराउन भारतका विभिन्न ठाँउका खेलाडी ल्याउने भएको छ । भुटान ११ का चर्चित खेलाडी अमिर लामा, भुटानकै राष्ट्रिय खेलाडी निवास राना, भारतका अन्डर नाइन्टिनका कर्ण थापा, अनमोल दाहाल, इन्द्रजित क्षेत्री मैदानमा उत्रँदै छन् । अन्य खेलाडी भने सिलिगुडीबाट सहभागी हुने कञ्चजङ्घाका प्रशिक्षक सचिन धिमालले बताए ।

नेपालका तिन विभागीय टोली त्रिभूवन आर्मी, नेपाल प्रहरी र एपीएफ सहित रुपन्देही ११, झापा ११, मोरङ ११ प्रतियोगितामा सहभागी हुने आयोजक समितिका अध्यक्ष रमेश लावतिले बताए । प्रतियोगिताका बिजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: