मेचीनगर । श्री सतासी बहुमुखी सहकारी संस्थाको आयोजनामा एक दिवसीय सदस्य शिक्षा तालिम सम्पन्न भएको छ ।
शुक्रवार मेची उद्योग बाणिज्य संघको सभाहलमा मेचीनगरका सदस्यहरुलाई लक्षित गरी गरिएको तालिममा तीन दर्जन बढीको सहभागिता रहेको थियो ।
मेचीनगर नगरपालिका कार्यपालिका सदस्य कृष्ण कनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष मणि श्रेष्ठको अध्यक्षतामा सम्पन्न शिक्षा तालिमको सहजीकरण डिभिजन सहकारी कार्यालय भद्रपुरका सहायक निरीक्षक बशिष्ट अधिकारीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त संस्थाका सदस्य धुव्र कनालले र सञ्चालन व्यवस्थापक सन्तोष कुमार श्रेष्ठले गरेका थिए ।