सत्र वर्षसम्म खुट्टामा साङ्ली

  प्रकाशित मिति
१ चैत्र २०७३, मंगलवार २०:०९


sanglo
राजगढ । सत्र बर्षदेखि घरमै साङ्लीमा बाँधेर राख्ने गरिएका १९ वर्षीय लीलाप्रसाद चापागाइँलाई विर्तामोडको वीएन्डसी हस्पिटलले पत्रकारहरुको सहयोगमा मङ्गलवार उद्धार गरेको छ ।

साविक राजगढ–८ घाग्रावस्तीका चापागाइँ मानसिक समस्याका कारण उनकै अभिभावकद्वारा साङ्लोमा बाँधिएर राखिदै आएका थिए । आर्थिक अभावका उनको उपचार हुन सकेको थिएन ।

वीएन्डसी हस्पिटलको व्यवस्थापन र डाक्टरहरुको एक टोलीले मङ्गलवार उनको घरमै पुगेर उद्धार गरेको हो ।

हस्पिटलले चापागाइँको उपचार गर्नमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ भने मङ्गलवार नै राजगढबाट विर्तामोड लगेर उनको उपचार सुरु गरिएको छ ।

गरीव परिवारका चापागाइँलाई २ वर्षको उमेरदेखि नै सम्हाल्न नसक्दा अभिभावकहरुले साङ्लीले बाँधेर घरमै राख्ने गरेका थिए । खुला छाडिदिदा नाङ्गै हिड्ने, घर नआउने र बाटामा जथाभावी घुम्ने गरेका कारण बाध्य भई बाँधेर राख्नु परेको उनकी आमा जानुका चापागाइँले बताइन् ।

1 (2)

घरमै पुगेर वीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उनको खुट्टाको साङ्ली खोलिदिएका थिए भने हस्पिटलले व्यवस्था गरेको एम्बुलेन्समा चढाएर उनलाई उपचारका लागि विर्तामोड लगिएको थियो ।

जे दिए पनि खाने तर बोल्न नसक्ने चापागाईलाई निको पार्न सक्दो प्रयास गरिने हस्पिटलका कार्यकारी निर्देशक प्रसाइँले उनकी आमा र गाउँवासीहरुलाई आश्वासन दिएका छन् ।

उद्धार गर्न हस्पिटलका मानसिक रोग विशेषज्ञ डा. सन्दीप बर्मा, जनसम्पर्क अधिकारी प्रमिश गिरीसहितको टोली विरामीको घरमै पुगेको थियो । साथमा सहायक प्रजिअ, वालवालिका तथा महिला विकास कार्यालयका अधिकृत, स्थानीय प्रहरी र पत्रकारहरु थिए ।

मानसिक विरामी चापागाइँका वुवा दुर्गा चापागाइँ वैदेशिक रोजगारीको सिलसिलामा हाल खाडी मुलुकमा छन् । उनी चापागाइँ परिवारका ५ सन्तानमध्ये एक्ला छोरा हुन् ।
यसरी एक युवकलाई १७ वर्षदेखि साङ्लीमा बाँधेर घरमै राखिएको छ भन्ने खबर विर्तामोडको न्यू मेची टाइम्स दैनिकले पहिलोपटक प्रकाशित गरेपछि हस्पिटलको ध्यानाकर्षण भएको वीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत गिरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: