सदस्यलाई व्यवसायिक पशुपालन तालिम

  प्रकाशित मिति
२३ पुष २०७२, बिहीबार १०:३८


sahakari

धुलाबारी । आफ्ना सदस्यहरूलाई व्यवसायिक बनाउने उद्देश्यका साथ महालक्ष्मी कृषि सहकारी मेचीनगर–२ को आयोजनामा १ दिने व्यवसायिक पशुपालन सम्पन्न भएको छ ।

मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न तालिममा सहकारीका ७० जना सेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण जिल्ला पशु विकास कार्यालय झापाका प्रमुख डाक्टर माधव दाहालले गरेका थिए । जिविको कृषि सहकारी इटाभट्टाका अध्यक्ष एवम धुलाबारी क्याम्पसका प्रमुख पुष्प पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष दुर्गा खतिवडाको सभापतित्वमा सम्पन्न तालिममा विशेष अतिथि डाक्टर माधव दाहाल, मेची उद्योग वाणिज्य सङ्घकी सदस्य झुना बानियाँ, मेचीनगर लेडी जेसीजकी अध्यक्ष टिका सुवेदी, सरस्वती टोल विकास संस्थाकी अध्यक्ष विणा खनाल, संस्थाकी सल्लाहाकार हिमा खनाल, सहभागिका तर्फबाट पशुपति नेपाल, कमला शर्मालगायतले बोलेका थिए । सदस्य सुनिता भट्टराई स्वागत गरेको कार्यव्रmमको सञ्चालन व्यवस्थापक प्रेमकुमारी सुवेदीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: