सनसाइन र महारानीगञ्ज विजयी

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार १९:१३


footbal mahila

कनकाई । सुरुङ्गामा शुक्रबारदेखि प्रथम झापा जिल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानलाई सनसाइन फुटबल क्लबले टाइब्रेकरमा पराजित ग¥यो । दोस्रो खेलमा महारानीगञ्ज मावि शनिअर्जुनले झिलझिले स्पोर्टिङ क्लबलाई ४–० ले पाखा लगायो ।

उद्घाटन खेलमा आयोजक र सनसाइनले १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो । जसमा आयोजककी मनिका वाग्ले र सनसाइनकी सपना सुब्बाले गोल गरेका थिए । तर, टाइब्रेकरमा सनसाइनकी रमिका तामाङले गोल गर्दै टिमलाई सेमिफाइनल पु¥याइन् । अन्य खेलाडीले गोल गर्न सकेनन् ।

अर्को खेलमा महारानीगञ्ज माविले झिलझिलेमाथि एकोहोरो दबाब दिँदा ४–० गोलको नतिजा निस्केको थियो । पहिलो हाफमै ३ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । उसका लागि सम्झना लावती, रञ्जना चौधरी, लुना नेपाली र मोनिका मगरले गोल गरिन् ।

आठ टिम सहभागी प्रतियोगिताको उद्घाटन सांसद प्रेमबहादुर गिरीले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष ज्योति उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापालगायतले बोलेका थिए । शनिबारको पहिलो खेल पारिजात फुटबल क्लब सालबारीविरुद्ध सताक्षीधाम स्पोर्टिङ क्लब र जलथल फुटबल क्लबविरुद्ध कनकाई खेलकुद प्रतिष्ठान ‘ख’बीच हुने संयोजक दुर्गा प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: