सनसाइन साकोसको कूल पूँँजी रु. दुई करोड बढी

  प्रकाशित मिति
४ पुष २०७७, शनिबार १७:३८


भद्रपुर, ४ पुस । सनसाईन बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधाराणसभा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ झापाका लेखा समिति सदस्य भलाकाजी कठेतको प्रमुख आतिथ्यतामा विर्तामोडमा शनिवार आयोजित कार्यक्रमका बीच सभा सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद रिजालले संस्थाको सांगठानिक बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १३ सय ५ जना शेयर सदस्यहरु रहेको सहकारीमा हाल १ करोड ३३ लाख ८२ हजार ७ सय रुपैया शेयर पुँजी रहेका बताए ।

उनले संस्थाका शेयर सदस्यहरुले कोरोना भाईरसका कारण वा अन्य कारणले कुनै पनि सदस्यहरुले भोक तथा रोगबाट मर्न नपरोस् भन्ने अभियान सहकारीले ल्याएको बताउँदै अगामी दिनहरुमा सहकारीले शेयर सदस्यहरुका लागि पेन्सनको व्यवस्था गर्ने योजनामा रहेको जानकारी दिए ।

अध्यक्ष रिजालले संस्थाले बैज्ञानिक तरिकाले कर्जा लगानी गर्ने गरेको बताउँदै कृषि कर्जा, बैदेशिक कर्जा लगायतका विभिन्न कर्जाहरुको सहकारीले व्यावस्था गरेको समेत उल्लेख गरे ।
कार्यक्रममा बर्ष उत्कृष्ट ऋणि पुरस्कारवाट नारायण सिंह हजाम र पूर्णमाया श्रेष्ठ तथा बचतकर्ता क्रमशः मित्रप्रसाद चौंलाागाई, नर बहादुर बस्नेत र टिकादेवी कोइरालालाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कठेत , युवा तथा साना स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । रिजालको अध्यक्षता तथा लेखा समिति संयोजक बालकृष्ण बांस्तोलाको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष शान्ति राईले गरेकी थिइन् ।

२०७० सालबाट झापाको भद्रपुर तथा हल्दिवारी क्षेत्रलाई कार्यथलो बनाएर ३९ जन शेयर सदस्यहरुसहित गठित सहकारीको हाल विर्तामोडमा एक सेवा केन्द्र रहेको छ भने निकट भविष्यमै झापाको चारआली र काँकडभिट्टामा सेवा केन्द्र खोल्ने योजना रहेको सहकारीले जानकारी दिएको छ ।

सहकारीमा हाल २ करोड १० लाख ८७ हजार ७ सय ५१ रुपैयाँ कुल बचत तथा १२ लाख २२ हजार १ सय १७ रुपैयाँ नाफा रहेको उल्लेख छ ।
रेवतीराज घिमिरे

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: