सन्ततिप्रति समर्पित

  प्रकाशित मिति
७ फाल्गुन २०७३, शनिबार १६:४१


babalika (1)

मेचीनगर उत्सवमय छ । बाल उत्सवको तयारी सम्पन्न भएको छ । कला साहित्य उत्सव पनि अन्तिम चरणमा छ । यस्ता रचनात्मक कार्यव्रmमहरूले स्थानको परिचय नै बदल्न मद्दत गर्नेछ र देशकै राजनीतिलाई पनि जनताको स्तरबाट सोच्नु पर्ने अन्य महत्वपूूर्ण विषयहरुमा घच्घच्याउँछ । बाल उत्सव बालबालिकाहरूको उत्सव हो । यसोभन्दा यहाँ बालबालिकाको मात्र कुरा होइन, उनीहरूका अभिभावक उनीहरूका शिक्षक र समाजमा रहेका सबै तप्काहरू पनि हो । आजका बालबालिका भविष्यका कर्णधार हुन् । तसर्थ कुनै पनि राष्ट्रका लागि बालबालिकाहरूको लालनपोषण कसरी गर्ने, कस्तो शिक्षा दिने, कस्तो चेतना दिने र समाजप्रति उत्तरदायी कसरी बनाउने भन्ने चासोको विषय रहन्छ । हरेक देशको राजनीतिले बालबालिकाहरूलाई यसतर्फ ध्यान दिन सके भने त्यो राष्ट्रले अवश्य पनि प्रगति गर्छ ।

बालबालिकालाई दिइने शिक्षा, चरित्र, भावनाले त्यो देशमा शान्ति सुव्यवस्था कस्तो रहन्छ ? उत्पादन क्षमता कस्तो रहन्छ ? र कति छिटो वा ढिलो प्रगति गर्छ भन्ने कुराको निक्र्योल गर्छ । त्यसैले बालबलिकाको विषय संवेदनशील छ । बालबालिकालाई ध्यान दिनुपर्ने कुरा केवल परोपकारको विषय होइन । यो राज्यको दायित्व हो । बालबालिकाहरूको अधिकार पनि हो । उनीहरूले पढ्न पाउनु पर्ने, पोषणयुक्त आहार पाउनु पर्ने, आङ ढाक्ने कपडा पाउनु पर्ने, उचित मनोरञ्जन प्राप्त गर्नुपर्ने, चाहे त्यो जुनसुकै वर्गको होस्, जुनसुकै जातको होस्, वा जुनसुकै धर्मको होस् । यी विषयवस्तु राज्य र समाजको दायित्व हो ।

बाल अधिकारका सन्दर्भमा १९८९ को संयुक्त राष्ट्रसङ्घ बालअधिकार अभिसन्धिले बालविकास, बाल संरक्षण, बाल बचाउ र बाल सहभागिता गरी ४ वटा पाटोमा उचित ध्यान दिनुपर्ने निक्र्याेल गरेको छ । हरेक बालबालिका खानलाउन र उचित स्वास्थ्यको प्रवन्धको अभावमा मर्ने स्थिति आउनु हुन्न । उनीहरूको विकासका निम्ति प्रशस्त मात्रामा बालविकास केन्द्र, शिक्षालयहरू उपलब्ध हुनुपर्छ । उनीहरूका सिकाई सहभागितामूलक बनाउन जोड दिनुपर्छ । शिक्षाकै सन्दर्भमा बालबालिकाहरू, विद्यार्थीहरू घोकाएको पढ्ने र शिक्षकले आदेश गरेको मान्ने वस्तुबाट शिक्षकका वास्तविक मालिक विद्यार्थी हुन् भन्ने गरी हाम्रा शिक्षण पद्धति, पाठ्यव्रmम विकास गर्नु जरुरी छ ।

हाम्रो संविधानले बाल अधिकारका सन्दर्भमा प्रशस्त राम्रा कुराहरू उल्लेख गरेको छ । बाल अधिकारकर्मीहरू हाम्रो संविधान बाल अधिकारको दृष्टिबाट उत्कृष्ट मध्येको एक रहेको दावी गर्छन् । तर, संविधानमा उत्कृष्ट बनाएर मात्र हुँदैन । त्यसलाई कार्यान्वयन गर्नका निम्ति उचित ऐन कानुनहरू बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा अलमल गर्नुहुन्न ।

संविधान कार्यान्वयनको यो परिस्थितिमा नेकपा एमाले क्षेत्र नम्बर १ झापाले धुलावारीमा बाल उत्सव आयोजना गर्ने कुरा राजनीतिक दलहरूले आफ्नो राष्ट्रको भविष्य र सन्ततीहरूप्रतिको आफ्नो उत्तरदायित्वको अभिव्यक्तिका रुपमा बुझ्न सकिन्छ । यो असाध्यै सकारात्मक कुरा हो । राज्य पुनःसंरचनाको कुरा चलिरहेको बेला बालमैत्री स्थानीय शासन व्यवस्थाका प्रावधानहरू राज्यले नीति बनाइसकेको छ । तर, त्यसलाई कार्यान्वयन गर्न संस्थागत हिसावले राजनीतिक दल, बालबालिका पुग्ने विद्यालय, स्थानीय निकाय, परिचालित हुन जरुरी छ । बाल क्लबहरू गठन गर्ने, बालबालिका मैत्री विद्यालयको वातावरण बनाउने कुरामा यो बाल उत्सवले देशव्यापी सकारात्मक सन्देश छर्न कोसिस गर्दैछ ।

आज अधिकांश बालबालिकाहरू विद्यालयको पहुँचबाट बाहिर छैनन् । यो खुसीको कुरा हो । बाल शिशु मृत्युदर निकै कम छ । यसरी हेर्दा नेपालमा बालबालिकाको क्षेत्रमा आधारभूत हिसावले राम्रै भएको मान्नु पर्छ । तर, शिक्षाबाट बञ्चित, स्वास्थ्यबाट बञ्चित भएका केही तथ्याङ्कहरू छन् । त्यसको निराकरण कुनै कल्याणकारी काम वा परोपकारी विषय मात्र नबनाई राजनीतिक दलको उत्तरदायित्व बनाउन यो बाल उत्सवले प्रेरणा दिनेछ ।

नयाँ डिजिटल प्रविधिको तीव्र विकास भइरहेको यो बेलामा बालबालिकाहरूको सिकाई पनि दु्रत गतिमा भइरहेको छ । हाम्रा शिक्षकहरूलाई जति बढी प्रविधिको ज्ञान दिन सक्यौँ, त्यति राम्ररी र छिटो बालबालिकाको विकास गर्न सकिन्छ । तर, यो सँगसँगै नयाँ प्रविधिले केही नराम्रा संकेत पनि देखाइरहेको छ । जस्तो कि सामाजिक सञ्जालको उचित प्रयोग नआउँदा पुनःबालविवाहका केसहरू आउन थालेका छन् । यसलाई उच्च नैतिक आदर्शयुक्त शिक्षाका पाठ्यव्रmम विकास गरी बालबालिकामा जागरुक पैदा गराउनेतर्फ यो बाल उत्सवले छलफल चलाउन खोजेको छ । यसैगरी, हाम्रा सिकाई बढी सैद्धान्तिक र कतिपय सन्दर्भमा अव्यावहारिक छन् । शिक्षालय व्यवहारसँग गाँस्नका निम्ति यो बाल उत्सवले छलफल चलाउने छ ।

यसरी यो बाल उत्सवले तारामण्डल, रोवोट, अन्य विज्ञान प्रदर्शनी, अभिभावक प्रशिक्षकका अनुभूति, सफल मानिसहरूका प्रेरणादायी संस्मरण जीवनी र बाल अधिकार सबैलाई उपलब्ध हुने कुराको सुनिश्चिताका निम्ति पहलकदमी गर्ने थलोको रुपमा बाल उत्सव व्रिmयाशील हुनेछ । यसरी नेकपा एमालले गरिरहेको बाल उत्सव भविष्य र सन्नतीप्रतिको उत्तरदायित्वको एउटा उदाहरण पनि हो । आउनुहोस् कार्यव्रmममा सहभागी बनौँ । आफ्ना अनुभवहरू साटासाट गरौँ । बालबालिकालाई सामाजिकीकरणको प्रव्रिmयामा सहभागी गराऔँ, सिकाई प्रव्रिmयामा सहभागी गराऔँ ।
(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: