सपना मगर बीबीसीको सय प्रेरक महिलाको सूचीमा

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार ०८:४७


झापा, १० मङ्सिर । बीबीसीले विश्वभरिका विशेष योगदान दिने सय प्रेरक महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समेटेको छ ।

विश्वका प्रेरक सय महिलाको सूचीमा परेकी सपना मात्र १९ वर्षकी छन् । उनी बेवारिसे शव व्यवस्थापनमा स्वयम्सेवक बनेर काम गर्दै आएकी छन् ।

हालसम्म २०० वेवारिसे शबको व्यवस्थापन गरिसकेकी सपनाले बीबीसीको सूचीमा परेपछि आफू गौरवान्वित भएको बताएकी छन् ।

‘यसबाट मैले थप प्रोत्साहन पाएकी छु । अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो’–उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: