सप्तरङ्गीकी सेलिया ग्लोबल टिन हिरोको उत्कृष्ट ट्वान्टीमा छनौट

  प्रकाशित मिति
७ मंसिर २०७७, आईतवार १५:१५


दमक, ७ मङ्सिर । सप्तरङ्गी एफएम दमककी कार्यक्रम प्रस्तोता सेलिया श्रेष्ठ ग्लोबल टिन हिरो कम्पिटिसनको उत्कृष्ट २० मा छनौट भएकी छन् ।

ग्लोबल प्रालि नामक गैह्रसरकारी संस्थाले बिगत ५ बर्षदेखि देशभरका १५ देखि २० बर्ष भित्रका किशोर किशोरीहरुबीच उनीहरुले समाजमा गरेका कामहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट टिन हिरो छनौट गर्दै आएको छ ।

सोही प्रतिष्पर्धामा यो बर्ष देशभरबाट छनौट भएका ६०४ प्रतिष्पर्धीमध्येबाट सप्तरङ्गी एफएमकी बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठ उत्कृष्ट २० जनामा परेकी हुन् ।

सप्तरङ्गी एफएममा बालबालिका सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक अभियन्ता र बाल अधिकारको क्षेत्रमा समेत क्रियाशील श्रेष्ठसंगै दमककै बाल अधिकार अभियन्ता नम्रता दाहाल समेत उत्कृष्ट २० मा परेकी छन् ।

संस्थाको नियम अनुसार छनौट भएका २० जना मध्येबाट फेरि उत्कृष्ट ६ जनालाई छनौट गरी उनीहरुको नाम सार्वजनिक गरिने जनाइएको छ ।

त्यसपछि ६ जना मध्येबाट पनि उत्कृष्ट १ जनालाई यस बर्षको ग्लोबल टिन हिरोको उपाधिले सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: