सप्तरीको घाउमा झापाको मल्हम

  प्रकाशित मिति
९ श्रावण २०७४, सोमबार १७:१७


saptari 8राजविराज । सप्तरी जिल्लाको तिरहुत गाउँपालिकामा बाढीपीडतका लागि आइतवार आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा झापाबाट आएको टोलीले सक्रिय सहभागिता जनाएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको टोलीमा भद्रपुरस्थित मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर समेत रहेका थिए ।

आइतवार विहानै सुरु शिविरको उद्घाटनमा कुनै तामझाम गरिएको थिएन । डाक्टरहरुले विरामीको उपचार गरेर शिविरको उद्घाटन गरेका थिए । कार्यक्रममा भाषणभूषण समेत राखिएको थिएन ।

झापाको टोली ६ लाख रुपैयाँ मूल्य बराबरको औषधिसहित शिविरमा पुगेको थियो । शिविरमा २ हजार ७ सय ९२ जनाले उपचार सेवा लिएको झापाको टोलीमा रहेका मेची उद्योग वािणज्य सङ्घका पूर्व अध्यक्ष विजय डालमियाले जानकारी दिए ।

झापाको टोलीले शिविरमा स्वतस्फुर्त स्वयम्सेवा गरेको थियो । जसमा युवा नेता शर्मा समेत खटिएका थिए । टोली आइतवार साँझ झापा फर्किएको छ ।

झापाली टोलीका नेता समेत रहेका शर्माले बाढीले चहर्याएको सप्तरीबासीको घाउमा अलिकति भए पनि मल्हम लगाउन पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
शिविरको आयोजना नेपाल विद्यार्थी सङ्घको २ नम्बर प्रदेश समितिले गरेको हो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

saptari 7 saptari 5 saptari 6 saptari 4 saptari 3 saptari 2

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: