सफल समीक्षा

  प्रकाशित मिति
१३ आश्विन २०७४, शुक्रबार १३:३२


dipen bhetwal pic

रङ्गमञ्च, नृत्य र अभिनयका साथै पढाइमा समेत अब्बल विर्तामोडकी २० वर्षीया समीक्षा खतिवडा पोखरामा बीएससी नर्सिङको कोर्ष गरिरहेकी छिन् । उनी पढाइसँगै कला क्षेत्रको करियरलाई पनि अघि बढाइरहेकी छिन् ।

कुनै पनि उपाधि चुम्न लगनशीलता, योगदान र प्रतिज्ञासँगै प्रतिक्षाको समेत जरुरत हुन्छ । समीक्षाको सन्दर्भमा भने समय प्रतिक्षाको नियम लागू भएन । दृढ आत्मविश्वास र अद्भूत क्षमता भएकै कारण उनी १० वर्षको कलिलो उमेरमै ‘आरोहण राष्ट्रिय नाटक महोत्सव–२०६४’ मा उत्कृष्ट बाल प्रतिभा पुरस्कारद्वारा सम्मानित भएकी थिइन् ।

२०६५ सालमा ‘झरेको फुल’, २०६६ मा ‘कोपिला’ र २०६८ सालमा ‘म्यानेजरको लठेप्रो नोकर’ नाटकमा अभिनय क्ष्गरेर लोकप्रिय बनेकी बहुप्रतिभाशाली समीक्षाले स्कुले जीवनमै टेलिसिरियलमा अभिनय गर्ने मौका पाइन् । माध्यमिक तहको अध्ययनसँगै उनी २०६९ मा नेपाल टेलिभिजन प्लस र हिमशिखर टेलिभिजनमा प्रसारण हुने टेलिचलचित्रमा अनस्क्रिन भइन् ।

samikshya 3

समीक्षाका माता र पिता दुवै रङ्गकर्मी हुन् । उनका पिता माधव कल्पित रङ्गमञ्च क्षेत्रमा नयाँ नाम होइन । नाटक र टेलिचलचित्र निर्देशन तथा अभिनयमा स्थापित उनी क्षितिज नाट्य समूह झापाका निर्देशक हुन् । यसैगरी समीक्षाकी आमा सुजना खतिवडा पनि यसै क्षेत्रमा सक्रिय छिन् ।

samikshya 1

एकातिर आफ्नो अध्ययन र अर्कोतिर मन पर्ने कला क्षेत्र ! कला र औपचारिक अध्ययनलाई सँगैसँगै बढाउनु पर्ने बाध्यता उनलाई थियो । यद्यपि २०७३ सालमा कञ्चनजङ्गा नर्सिङ कलेजमार्फत डिस्टिङ्सन् लेभलमा स्टाफ नर्स पास गरेकी उनले कला र अध्ययन दुवैलाई एकसाथ अघि बढाउने अठोटको फलस्वरुप सन् २०१६ को ‘मिस ग्रेण्ड झापा’ र ‘मिस मेची’ नामक दुई वटा सौन्दर्य प्रतियोगितामा पहिलो स्थान ओगट्न सफल भइन् ।

samicha

मोडलिङ त्यसै पनि ग्ल्यामर क्षेत्र, समाजको हेर्ने नजर फरक छ । ‘तर म यहि क्षेत्र मार्फत समाज परिवर्तन गर्न तत्पर छु’, आफ्नो अठोट यसरी सुनाउँछिन्–‘पेशा, व्यवसाय र व्यवस्था आफैमा सम्मानित र अपमानित हँुदैन ।’

क्षितिज नाट्य समूहका वरिष्ठ कलाकार गजेन्द्र पृथक उनको कलाप्रतिको आत्मविश्वास, लगनशिलता र समर्पण नै सफलताको आधार भएको बताउँछन् ।

कला क्षेत्रमा लाग्न हौसला दिएका निर्देशक माधव कल्पित छोरीले अझ फड्को मार्नेमा आशावादी छन् । ‘मैले वातावरण दिए, उनले पौरख देखाइन’–कल्पित भन्छन् ।

हाल पोखरामा बीएससी नर्सिङ गर्दै गरेकी उनी त्यहाँ पनि पोखरेली यूवा प्रतिभाहरूलाई नाट्य प्रशिक्षण दिइरहेकी छिन् । उनी भन्छिन्–‘कला मेरो रुचि हो भने नर्सिङ मेरो सेवा हो ।’
(स्तम्भकार दिपेन सूर्योदय टेलिभिजन विर्तामोडमा कार्यरत छन् ।)

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: