सबैका ‘दाहाल सर’

  प्रकाशित मिति
२५ भाद्र २०७३, शनिबार १७:४४


dhal-sir

उनको वास्तविक नाम अनन्तकुमार दाहाल हो । तर, उनलाई सबैले बोलाउने साझा नाम ‘दाहाल सर’ हो । दाहाल सर कुनै विद्यालयको शिक्षक होइनन् । तर, गाउँमा बालबालिकादेखि बृद्धासम्मका सबैले उनलाई दाहाल सर भन्छन् । उनी दाहाल सर त्यसै बनेका पनि होइनन् । किनकी उनले १८ वर्षसम्म गाउँमा ट्युसन पढाउने काम गरे ।

त्यही ट्युसन पढाएको थोरै रकमले आफनो परिवारको पालन पोषण गरे । कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई गाउँमा ट्युसन पढाउने उनी एक्लो थिए । उनी अङ्ग्रेजी र गणित विषयको ट्युसन पढाउँथे । मेचीनगर–८ सुरेन्द्रनगरका ५९ वर्षीय दाहाल पेसाले कृषक हुन् । सामान्य आर्थिक अवस्था भएका उनले यहि कमाइबाट १ भाइ छोरा र ३ बहिनी छोरीलाई स्नातकसम्मको अध्ययन गराए । छोरा गोविन्दले डिग्री गरे, २ वटी छोरी प्रभाले डिब्लोमासम्म अध्ययन गरेर विवाह गरिन् भने कान्छी छोरी शोभा डिब्लोमाको अन्तिम तहमा अध्ययन गर्दैछिन् ।
माइली छोरी हिमा इलामबाट डिग्री गर्दैछिन् । आफुले दुःख गरेरै भए पनि छोराछोरीलाई उच्च शिक्षासम्म अध्ययन गराउन पाएकोमा र छोराछोरीले पनि भने जसरी नै पढिदिएकाले दाहाल सर खुसी छन् । यसो त उनको परिचय गाउँको ट्युसन शिक्षकमा मात्र पूरा हुँदैन । उनी मेचीनगर–८ का सामाजिक क्षेत्रमा उत्तिकै व्रिmयाशील व्यक्तित्व समेत हुन् । विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध भएर निरन्तर सामाजिक क्षेत्रमा सव्रिmय छन् ।

घरमा बिरामी श्रीमती र स्कुले छोराछोरीको समयलाई मिलाएर भएपनि सामाजिक काममा सधैँ अग्रसर रहँदै आए । यसैले पनि होला कसैलाई केही समस्या प¥यो कुनै भेला बैठक गर्नु प¥यो भने उनै दाहाल सर पहिलो नम्बरमा पर्छन् । नेकपा एमालेका वडा अध्यक्षसमेत हुन् उनी । वडा अध्यक्षको नेतृत्व सम्हालेको यो तेस्रो पटक हो । उनले २०५२ सालमा पार्टीको सदस्यता लिएका थिए । तर, सामाजिक काममा कहिले पनि उनले पार्टीगत स्वार्थ देखाएनन् । दाहाल सर भन्छन्, ‘पार्टीको सिद्धान्त र विचार आफनो ठाउँमा हुन्छ तर सामाजिक सङ्घ संस्था, विद्यालय, क्लवहरूमा पार्टीगत गन्ध आउनु हुँदैन ।’ उनी यस वडाबाट मेचीनगरमा वडा प्रतिनिधिकको रुपमा समेत निरन्तर सहभागिता जनाउँदै आएका छन् । उनी मेचीनगर–८ को वडा प्रतिनिधि हुन् ।

स्थानीय विद्यालय बालकल्याण माविमा २०५६ सालदेखि निरन्तर कुनै न कुनै पदको जिम्मेवारी लिएर काम गर्दै आएका दाहालले जस्तोसुकै कठिन परिस्थितिमा समेत महत्वपूर्ण साथ दिँदै आएका छन् । एक कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र ३ कार्यकाल शिक्षक अभिभावक सङ्घको अध्यक्ष, २ कार्यकाल शिक्षक अभिभावक सङ्घको सदस्य भएर कुशल नेतृत्व गरेका उनी हाल विद्यालय व्यवस्थापन समितिको सदस्य छन् । अन्य क्षेत्रमा अध्यक्ष बनिसकेको मान्छे सदस्यमा बस्न हुँदैन भन्ने मानसिकतालाई चिर्न दाहाल गतिलो उदाहरण समेत हुन् । जसका लागि पद भन्दा काम प्यारो हुन्छ । जुन पदमा जहाँ बसे पनि इमान्दारिताका साथ काम गर्ने शैली उनमा छ । अचानक कुनै घटना बाहेक प्राय सधैँ जुनसुकै संस्थाको बैठक छलफल तथा भेलामा सहभागी हुने गरेका छन् ।

विद्यालयको स्तरोन्नतिका लागि सल्लाह सुझाव दिन हरेक समय विद्यालय पुग्छन् । विद्यालयमा रहेको हाजिरी पुस्तिकामा हाजिर गर्छन् र आफुले देखेका कुरामा सुझाव तथा सल्लाह दिने गर्छन् । यसैगरी, उनी अँधेरी टोल विकास संस्थाको अध्यक्ष हुन् । यस टोलमा पनि उनले नेतृत्व गरेको यो तेस्रो पटक हो । सोही ठाउँमा रहेको नवदुर्गा मन्दिरको सल्लाहकार तथा वडा नागरिक मञ्चको पूर्व अध्यक्ष समेत हुन् । २०१४ साल बैशाख १७ गते इलामको सुलुबुङमा बुबा जीवनमणि दाहाल र आमा रेनुका दाहालको जेठो छोराका रुपमा जन्मेका दाहालले १०औँ कक्षासम्म अध्ययन गरेका छन् । सुलुबुङमै रहेको सरस्वती माविमा साक्षर भएका उनले २०४० सालमा झापा दमकको हिमालय माविबाट १० औँ कक्षाको परीक्षा लेखेका थिए ।

२०४५ सालमा बसाइँ सरेर मेचीनगरमा आएका उनी निस्वार्थ भावनका साथ सामाजिक क्षेत्रमा सव्रिmय बने । ‘मेरो कुनै स्वार्थ छैन’ कुराकानीका व्रmममा दाहालले भने, ‘यो जन्मेपछि हामीले समाजका लागि केही गर्नु पर्छ भन्ने लागेर सामाजिक क्षेत्रमा लागियो । आफ्नो समस्या त छँदैछ तर यो सिङ्गो समाजको समस्यालाई हल गर्न सकियो र समाज शिक्षित भयो भने यसैमा गर्व लाग्छ ।’ सबैसँग समान व्यवहार गर्ने र शिष्ट भाषामा बोल्ने स्वभाव भएका दाहाल यस क्षेत्रमै लोकप्रिय व्यक्ति मानिन्छन् । कसैलाई कुनै समस्या आइलागेमा आफैलाई परेको समस्या सम्झेर सहयोग गर्ने उनको बानी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: