सबैको रोजाइ धुलावारी मावि

  प्रकाशित मिति
१९ बैशाख २०७४, मंगलवार १७:५२


20170430_124144
नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको बहालीसँगै वि.सं. २००८ मा स्थापना भएको धुलावारी स्कुल यो क्षेत्रकै सर्वाधिक पुराना स्कुलहरु मध्येको एक हो । श्रद्धेय शिक्षाप्रेमी, दानवीर, जग्गादाता, सिङ्गै समाजको लगानी, चासो र सरोकारका कारण यति लामो यात्रा गर्दै आज यो विद्यालय चर्चित विद्यालय बन्न पुगेको छ । यहाँ कक्षा नर्सरीदेखि १० सम्म ९७६ शिक्षा, मानविकी विज्ञान विषय समूहका कक्षा ११ र १२ मा ४८४ र कक्षा ९ देखि १२ सम्मको भेटेरिनरी कक्षामा ११७ गरी जम्मा १५७७ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा ५५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

विज्ञान र भेटेरिनरी शिक्षाका लागि छिमेकी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङदेखिका विद्यार्थीहरु यस स्कुलमा आउने गरेका छन् । विज्ञान समूहको रिजल्ट यस माविले जिल्लाका चुनिँदा संस्थागत विद्यालयहरु भन्दा कम दिएको छैन ।

20170430_122153

यस माविमा ठूला साना गरेर १० वटा भवन छन् । ४ वटा भवनमा कक्षा सञ्चालन हुन्छन् भने अन्य भवनहरुमा भेटेरिनरी, फिजिक्स, क्यामेस्ट्री, बायोलोजीका ल्याबहरु, कुखुराको खोर, सुँगुरको खोर, गाई गोठ, बाख्राको खोर आदि रहेका छन् । हाल ६ कोठे २ तले पक्की भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

विद्यालय हाताभित्र वि.सं. २०४९ को एसएलसी व्याचले बनाएको पक्की सरस्वती मन्दिर, संस्थापक महानन्दको अर्धकदको शालिक, पूर्व प्रअ दीननाथ पौडेलको स्मृतिमा निर्मित पुस्तकालय तथा वाचनालय समेटिएका छन् ।
विद्यालयको वर्तमान
यस विद्यालयले आफ्नो लामो इतिहासमा थुपैै्र डाक्टर, इन्जिनियर, उच्च ओहदाका राष्ट्रसेवकहरु जन्माइसकेको छ । जगलाई बलियो बनाउने उद्देश्यका साथ विद्यालयमा सञ्चालित पूर्व प्राथमिक तहका कक्षाहरुलाई नवीन फर्निचर, बुक कर्नर, खेल सामग्री र अङ्ग्रेजी माध्यमबाट व्यवस्थित गर्ने काम भएको छ ।

20170430_120428

खेलकुद क्षेत्रलाई हेर्ने हो भने यसले इतिहासमा पनि जिल्ला र राष्ट्रिय तहका कतिपय खेल प्रतियोगिता जितेको छ । हालसम्म सम्पन्न ८ वटा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ह्याट्रिकसहित ५ पटक विजय प्राप्त गरिसकेको छ । स्थानीय स्तरमा हुने अतिरिक्त क्रियाकलाप र प्रतिस्पर्धामा यस विद्यालयका छात्र छात्राहरु अब्बल सावित भएका छन् । खेलकुदकै माध्यमबाट कपितय छात्रछात्रा सेना प्रहरीको रुपमा राष्ट्र सेवा गर्दैछन् । विद्यालयको प्राङ्गण खेल प्रतियोगिताले सधैँजसो शोभायमान देखिन्छ ।

हीरक महोत्सवको अवसर पारेर गतवर्ष यस विद्यालयले ऐतिहासिक स्मारिका पनि प्रकाशन गरेको छ । यस वर्ष सञ्चालित एसएलसी परीक्षामा उत्कृष्ट केन्द्रको रुपमा घोषणा हुनु र गत शिक्षा दिवसमा जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत हुनुलाई यस विद्यालयले आफ्नौ गौरव ठानेको छ ।

20170430_120233

आगामी योजनाहरु
यस क्षेत्रको अग्रणी विद्यालयका रुपमा यस विद्यालयको वर्तमानलाई हेर्दा धेरै चित्त बुझाउने र गर्व गर्ने ठाउँ नभएका होइनन् । तर, समयानुकूल आफूलाई अझ समुन्नत र परिस्कृत बनाउँदै लैजाने उद्देश्यका साथ विद्यालयसँग निम्न भावी योजना रहेका छन् ।

१. विज्ञान हवको रुपमा विकास
यो विद्यालय यस क्षेत्रको एकमात्र विज्ञान तथा प्राविधिक विषय अध्यापन गराउने संस्था भएको र पर्याप्त पूर्वाधारसमेत रहेकाले क्षेत्रकै विज्ञापन हवको रुपमा यसलाई विकास गर्ने ।
२. कक्षा ९ देखि अङ्ग्रेजी माध्यम
हाल यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म पूर्ण तथा कक्षा ४ र ५ मा केही विषय अङ्ग्रेजी माध्यममा अध्यापन भइरहेकामा आगामी शैक्षिक वर्षमा पूर्ण अङ्ग्रेजी माध्यमको विशेष व्यवस्थासहित कक्षा ९ सञ्चालन गरिनेछ ।
३.हाल सञ्चालित पुस्तकालय र वाचनालयलाई लक्षित गरेर दुईवटा ब्रान्डेट डेक्सटप र ल्यापटप साथै वाइफाइ राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी तत्कालै इ–लाइब्रेरी सञ्चालन गरिनेछ ।
४. छात्रावास
यस विद्यालयमा विज्ञान तथा भेटेरिनरी विषय अध्ययन गर्न जिल्ला बाहिरबाट विद्यार्थी आउने गरेको हुँदा निःशुल्क वा ज्यादै न्यून शुल्कमा छात्रावास सञ्चालन गरिनेछ ।
५. बाल उद्यान र खेल सामग्री
मूलतः प्रावि जोन लक्षित गरेर एक आकर्षक बाल उद्यान निर्माण गरी खेलकुद र मनोरञ्जन सामग्री व्यवस्थापन गरिनेछ ।
६. सीसी क्यामरा र स्मार्ट बोर्ड
यस विद्यालयलाई प्रविधियुक्त र समयसापेक्ष बनाउन यसै शैक्षिक सत्रदेखि सीसी क्यामेरा र स्मार्ट बोर्डको प्रयोग थालनी गरिएको छ ।
७. दिवा खाजा घर र सभाहल
विद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराउने र त्यस प्रयोजनका लागि खाजा घर साथै एउटा सुविधायुक्त सभाहल पनि निर्माण गरिनेछ ।
यसका अतिरिक्त विद्यार्थी तथा शिक्षक प्रोफाइललाई व्यवस्थित गरिने, अभिभावक घर दैलोलाई व्यापकता दिइने, आमा तथा अभिभावक भेला नियमित गरिने, आवश्यक शैक्षिक सामाग्री निर्माण र खरिद गरी कक्षामा यसको प्रयोग बढाइने, हरेक कक्षामा साउन्ड सिस्टम राखी एकै ठाउँबाट सूचना दिने र नियन्त्रण गर्ने वातावरण निर्माण गरिने छ ।
………………
‘प्राविधिक शिक्षाको डिमान्ड छ’

20170430_111009      रुद्र कुरुम्वाङ
प्रधानाध्यापक– धुलावारी मावि
धुलावारी मावि यो क्षेत्रकै पुरानो र उत्कृष्ट विद्यालय हो । यहाँ विद्यार्थीका लागि पढ्ने वातावरण एकदमै राम्रो छ । किनकि हाम्रो विद्यालयमा बन्द तथा हड्तालको कुनै पनि प्रभाव छैन ।
हामी अन्य विद्यालय भन्दा पनि बढी भौतिकरुपमा सम्पन्न छौँ । जिल्लाका उत्कृष्ट अनुभवी शिक्षकहरुबाट अध्ययन तथा अध्यापन भइरहेकाले पनि विद्यार्थी र अभिभावकको रोजाइ बन्दै गएको हो धुलावारी मावि ।
नयाँ शैक्षिक सत्र सुरु हुँदा विद्यार्थी पाउनै मुस्किल परिहेको हुन्छ । तर, यहाँ बर्सेनि विद्यार्थीको सङ्ख्या बढिरहेको पाउनु हुन्छ । सबै कुराले सम्पन्न भएकाले पनि हाम्रो विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो ।

अभिभावकको चाहना अनुरुप समयसापेक्ष शिक्षा दिन सकिरहेका छौँ । यो अवस्थासम्म आइपुग्नका लागि यस क्षेत्रका अभिभावक, विद्यार्थी, शिक्षासेवी, राजनीतिक दलहरुका अगुवालगायत सरोकार राख्ने तमाम सहयोगी मनहरुको प्रयासबाट सम्भव भएको छ ।

हामीले यसै वर्षदेखि कक्षा ९ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सुरु गरेका छौँ । धेरै अभिभावकहरुको माग पनि थियो । हामीले हिम्मत ग¥यौँ अनि आज कक्षा सञ्चालन गर्न सफल भएका छौँ ।

आजको युग भनेको प्राविधिक शिक्षाको हो । प्राविधिक शिक्षाप्रतिको आकर्षणलाई मध्यनजर गरी चार वर्ष अघिदेखि विद्यालयमा पशु प्राविधिक कक्षा सुरु गरेका छौँ । नेपाल सरकारको सहयोगमा सुरु गरिएको यो शिक्षा विद्यार्थीले अति न्यून शुल्कमा पढ्न पाइरहेका छन् । जवकि अन्यत्र प्राविधिक शिक्षाको कोर्ष पूरा गर्न २ लाख रुपैयाँ खर्च हुने गर्छ । तर, हामीले करिब २५ हजार रुपैयाँमा नै विद्यार्थीलाई पूरै कोर्ष पढ्ने वातावरण तयार गरेका छौँ ।

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी वेरोजगार बस्नु परेको छैन । यसको सबैतिर डिमान्ड बढ्दो छ । तर, हामीले बुझाउन नसकेको हो कि समाजले नबुझेको हो भन्ने लागिरहेको छ । कमसेकम आफ्ना नानीहरुलाई प्राविधिक शिक्षा दिएर रोजगारीको ग्यारेन्टी गर्न आवश्यक छ । हामीले यो शिक्षाको महत्व बुझाउन घरदैलो अभियान सञ्चालन गर्ने सोच पनि बनाएका छौँ ।

पूर्वमै फरकखालको स्वरोजगार शिक्षा हामीले सञ्चालन गरिरहेका छौँ । त्यसैले यस्तो अवसर आँगनमै रहेकाले पनि सदुपयोग गर्न विद्यालय आग्रह गर्दछ । आफ्ना नारीहरुको रोजगारी सुनिश्चित गर्न पनि अब यसखाले शिक्षा अनिवार्य नै भइसकेको छ । कक्षा ९ मा ३४ जना, १० मा ३८, ११ मा २२ र १२ मा २८ जना विद्यार्थी हाल पशु प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । अहिलेसम्म ५४ जना विद्यार्थी सोही शिक्षा लिएर जेटिए भएका छन् । अहिले सबै नै दक्ष प्राविधिक भइसकेका छन् र समाजमा उनीहरुको डिमान्ड जहिल्यै छ र हुन्छ ।

 

20170430_113539
अतिरिक्त व्रिmयाकलापमा अगाडि

विद्यालय व्यवस्थापन समिति अध्यक्ष

गणेशविव्रmम नेम्वाङ
धुलावारी मावि अतिरिक्त व्रिmयाकलापमा अब्बल छ । शैक्षिकसँगै खेलकुद क्षेत्रमा यो विद्यालयले निकै प्रगति गरिहेको छ । खेलकुदमा त यो विद्यालयले राष्ट्रिय तथा जिल्लास्तरीय धेरैवटा प्रतियागिता जित्न सफल भएको छ । जिल्लामा सञ्चालन हुने राष्ट्रपति रनिङ शील्ड लगातार तीनपटक जितेर आफ्नो बनाइसकेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशविव्रmम नेम्वाङले बताए ।

नेम्वाङ आफै पनि कुशल खेलाडी हुन् । उनी दिनहुँजसो विद्यालय पुगेर विद्यार्थीलाई खेल अभ्यास गराइरहेका हुन्छन् । ‘शिक्षासँगै नानीहरुलाई खेल अभ्यास जरुरी हुन्छ,’ नेम्वाङले भने–‘शारीरिक रुपमा तन्दुरुस्त भइयो भने मात्र मनोबल बढ्दो रहेछ, त्यसैले पनि विद्यार्थी जीवनमा अतिरिक्त व्रिmयाकलाप आवश्यक छ ।’

उनकै प्रयासमा विद्यालयमा फुटबल, भलिबल, र व्रिmकेटको प्रशिक्षण हुने गरेको छ । प्रशिक्षणका लागि विद्यार्थीले कुनै शुल्क तिर्नु पर्दैन । यही विद्यालयबाट सिकेर गएका विद्यार्थीहरुले आज राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा जितेर विद्यालयको नाम उचो पार्ने काम गरेको उनी बताउँछन् ।
………….
विशेषताहरु
– प्रत्येक कक्षामा फिल्टरसहितको खानेपानी ।
– बर्खे विदामा कोचिङ कक्षा ।
– विहान बेलुका अतिरिक्त कक्षा ।
– बाल उद्यान (निर्माणाधीन) ।
– नियमित आमा भेला, अभिभावक भेला ।
– विद्यालय खुलेका सम्पूर्ण दिन व्यवस्थापन समिति ÷शिक्षक
अभिभावक सङ्घको पदाधिकारीहरुको विद्यालयमा उपस्थिति ।
– स्काउट, रेडव्रmस र सव्रिmय बाल क्लब ।
– भित्ते पत्रिका र विज्ञान पत्रिकाको नियमित प्रकाशन ।
– भलिबल, फुटबल र एथलेटिक्सको प्रत्येक दिन विहान प्रशिक्षण कक्षा ।
–प्रत्येक शुव्रmवार अतिरिक्त सह व्रिmयाकलापः वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद आदि कार्यव्रmम ।
–पेशा र व्यवसाय अन्तर्गत करेसावारीको व्यवस्थापन ।
–प्राविधिक शिक्षा अन्तर्गत माछा पोखरी, गाई, बङ्गुर, कुखुरा र
बाख्रापालन । यी व्रिmयाकलाप विद्यार्थीले नै समूहगत रुपमा कार्य गर्ने गरिएको ।
– डा.हरुको प्रत्यक्ष निगरानीमा समुदायमा गई उपचार, भ्याक्सिन दिने कार्य गर्ने गरिएको छ ।
………………

प्राविधिक शिक्षाको महत्व
…………..
– सरकारी जागिर
– वैदेशिक रोजगार
– आफै क्लिनिक सञ्चालन
– स्वरोजगार
– उच्च शिक्षालगायत

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: