‘सबै दलको भोट पाउँछु’

  प्रकाशित मिति
२४ पुष २०७६, बिहीबार ०८:३३


बिर्तामोड । राष्ट्रिय सभाका लागि नेपाली काङ्ग्रेसका उम्मेद्वार राजेन्द्र घिमिरेले सबै दलको भोट पाउने विश्वास व्यक्त गरेका छन् ।

आउँदो माघ ९ गते हुने राष्ट्रिय सभाको चुनावका लागि काङ्ग्रेसबाट उम्मेद्वारी दर्ता गराएका घिमिरेले मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पार्टी भन्दा पनि राष्ट्रिय हितका लागि उम्मेद्वार बनेकाले पनि सबै दलको भोट आउने विश्वास व्यक्त गरे ।

‘लोकतन्त्रलाई बलियो बनाउने यो बेला अहिले दल छान्ने होइन,’ घिमिरेले भने–‘ राष्ट्रिय सभा हो यो, राम्रा मान्छे र एजेण्डा हेर्नु पर्छ ।’ उनले देशमा आर्थिक क्रान्तिको एजेण्डा ल्याउनु पर्ने धारणा राखेका थिए ।

घिमिरेले नीति निर्माण गर्ने माथ्लो संसद भएको हुँदा नेतृत्वदायी भूमिकामा रहेका मतदाताले खुलेर मतदान गर्नु पर्ने आग्रह गरेका छन् ।

उनले सहकार्य र संविधान कार्यान्वयनका लागि समेत संसद्मा एउटा दलको एकलौटी हुन नहुने बताउँदै अहिले आफुले जितेमा सबै पक्षलाई आर्थिक क्रान्तिमा लैजान मदत पुग्ने जिकिर गरे ।

‘राष्ट्रिय नीति निर्माणमा उहाँ योग्य हुनुहुन्छ,’ पत्रकारको एक प्रश्नमा नेपाली काङ्ग्रेसका झापा सचिव प्रेम सम्वाहाम्फेले भने–‘त्यसैले जिल्ला पार्टीको सिफारिसमा केन्द्रीय समितिले मुल्याङ्कन गरेर उहाँलाई उम्मेद्वार बनाएको हो ।’ उहाँ सबैको साझा व्यक्ति भएकाले सबै दलको भोट आउने आशा रहेको उनले बताए ।

‘शान्ति र समृद्विका लागि एकलौटी सत्ता चलाएर हुँदैन,’ पत्रकार सम्मेलनमा बुद्वशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले भने–‘सामाजिक व्यक्तिको प्रतिनिधित्व राष्ट्रिय सभामा हुन जरुरी छ ।’
झापाबाट राष्ट्रिय सभाका लागि नेकपाबाट देवेन्द्र दाहाल र काङ्ग्रेसबाट घिमिरेले उम्मेद्वारी दिएका छन् ।

प्रदेश १ बाट नेपाली काङ्ग्रेसले राष्ट्रिय सभामा दलित तर्फबाट पाँचथरका नीरबहादुर विक र महिलाबाट सुनसरीकी मीना पुलामी मगरलाई उम्मेद्वार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: