सभापतिमा देउमानको दावी

  प्रकाशित मिति
२० माघ २०७२, बुधबार ११:३६


thebe

झापा । नेपाली काङ्ग्रेस झापाका उपसभापति देउमान थेबेले पार्टीको जिल्ला सभापति पदमा उम्मेवारी घोषणा गरेका छन् ।
विर्तामोडस्थित काङ्ग्रेस नेता गोपालकुमार बस्नेतको निवासमा मङ्गलवार दिउँसो एक कार्यव्रmम वीच थेबेले पार्टीको आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा लागि उम्मेदवारी दिने जानकारी दिए ।

‘पार्टीका अग्रज तथा सहकर्मी साथीहरूको आग्रहलाई शिरोधार्य गर्दै’, पत्रकारहरूको बाक्लो जमघट रहेको कार्यव्रmममा थेबेले भने–‘सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दछु ।’

नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का सांसद केशवकुमार बुढाथोकीको प्रमुख उपस्थिति रहेको सो अवसरमा पार्टीका महासमिति सदस्य एवम् प्रभावशाली युवा नेता भगिरथ पोद्धारले थेबेलाई सभापति पदको उम्मेदवार बनाउन आफ्ना तर्फबाट प्रस्ताव गरेका थिए ।

सो प्रस्तावलाई समर्थन गर्दै दमक क्षेत्रका अर्का प्रभावशाली नेता तथा महासमिति सदस्य सुरेश सुव्वाले सभापति पदका लागि थेबेको उम्मेदवारी अत्यन्त उपयुक्त भएको धारणा व्यक्त गरेका थिए ।

सांसद तथा पार्टीका केन्द्रीय सदस्य बुढाथोकीले काङ्ग्रेसको आगामी नेतृत्व नयाँ हुन आवश्यक रहेको उल्लेख गर्दै थेबेमा जुझारुपन र सङ्गठन हाँक्ने कुशल क्षमता भएको बताएका छन् ।

चव्रm वाँस्तोला र आफुलाई कठिन अवस्थामा समेत दुई पटक आफ्नो क्षेत्रबाट सांसद् जिताउन थेबेले प्रमुख भूमिका निर्वाह गरेको भन्दै बुढाथोकीले क्षेत्रीय प्रतिनिधिहरूको जनमत झापाको इतिहासमा पहिलोपल्ट जनजातिको नेतृत्व स्थापित गर्न आतुर रहेको दावी गरे ।
काङ्ग्रेसका जिल्लास्थित वरिष्ठ नेता गोपालकुमार बस्नेतले थेबेलाई जिल्ला सभापति बनाउन र केन्द्रमा शेरबहादुर देउवालाई सभापति बनाउन अभियान थालिएको बताए ।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने व्रmममा सभापति पदका उम्मेदवार थेबेले आफ्नो पक्षमा पार्टीका केन्द्रीय सदस्यद्वय केशवकुमार बुढाथोकी र नरेन्द्रविव्रmम नेम्वाङ, युवा नेताद्वय विश्वप्रकाश शर्मा र भगिरथ पोद्धार, गोपालकुमार बस्नेत, सुरेश सुव्वा लगायतको समर्थन रहेको बताए ।

तर उम्मेदवारी घोषणा कार्यव्रmममा नेम्वाङ र शर्माको उपस्थिति थिएन । उनीहरू दुबै जना मेचीनगरमा सर्वसम्मत क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति चयनमा व्यस्त रहेकाले कार्यव्रmममा आउन नभ्याएका थेबेले जिकीर गरे ।

कुमरखोद गाविस निवासी ५१ वर्षीय थेबे काङ्ग्रेसका जुझारु, कुशल वक्ता, आदिवासी जनजातिका प्रिय र विकासे नेता मानिन्छन् ।
२०४२ सालदेखि काङ्ग्रेस राजनीतिमा लागेका उनी २०४९ सालमा २७ वर्षकै कलिलो उमेरमा कुमरखोद गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । लगातार दुई कार्यकाल गाविसको अध्यक्ष रहेका उनी पार्टीको क्षेत्रीय सभापति पदमा तीन कार्यकाल रहे । हाल एक कार्यकाल उनले पार्टीको उपसभापतिको जिम्मेवारी पूरा गरेका छन् ।

आफु विगतमा पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौलाको खेमामा रहेको स्वीकार गर्दै थेबेले अबको महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउने अभियानमा लाग्ने प्रष्ट पारेका छन् ।

एक अर्को प्रसङ्गमा उनले जिल्ला सभापति पदका लागि आफुलाई महामन्त्री सिटौलाको समेत समर्थन रहन सक्ने जिकीर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: