सभामुखमा झापाकी जसमायाको दावी

  प्रकाशित मिति
२८ माघ २०७४, आईतवार १०:५८


विराटनगर । प्रदेश नं. १ को सभामुखमा झापाकी एमाले नेतृ जसमाया गजमेरले दावी गरेकी छन् ।
झापाबाट प्रदेश सभा सदस्यमा निर्वाचित गजमेर अखिल नेपाल महिला सङ्घ झापाकी अध्यक्ष हुन् भने उनी प्रखर वक्ता र शालीन व्यक्तित्व भएकी नेतृ हुन् ।
सोमवार विराटनगरमा सभामुखको चयन हुँदैछ । जसका लागि झापाकी गजमेरसँगै एमालेकी अर्की नेतृ उषाकला राईले दावी गरेकी छन् ।
मुख्यमन्त्री पदमा पुरुष जाने निश्चित भएपछि प्रदेश संसदको अर्को महत्वपूर्ण पद सभामुखमा महिला लैजाने एमालेको योजना रहेको बताइएको छ ।
त्यसो त सभामुखमा एमाले पाँचथरका गणेश काम्बाङ र मोरङका जीवन घिमिरेको नाम पनि चर्चामा छ । तर जसमाया र उषाकला मध्ये एक जना सभामुखमा चयन हुने पक्कापक्की भएको एमाले स्रोतको भनाई छ ।
यसैगरी, उपसभामुखमा माओबादीले दावी गरेको छ । माओबादीले सरस्वती पोखरेल र सीता थेबेमधये एक जनालाई उपसभामुखमा अघि सार्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: