सभामुखलाई पक्षपाती भन्दै ओलीले भने–‘चौध महिनापछि फेरि सत्तामा आउँछौं’

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १६:१८


विर्तामोड, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटा पक्षपाती भएको आरोप लगाएका छन् ।

संसद्मा निष्पक्ष भएर काम गर्नु पर्नेमा सभामुख सापकोटा देशको सबैभन्दा ठूलो पार्टी विभाजन गर्ने षडयन्त्रमा सामेल बनेको ओलीको दावी छ ।

नेकपा एमाले झापाको आज विर्तामोडमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सभामुखकै पक्षपाती कामका कारण संसद् अवरुद्ध गर्नु परेको बताए ।

अहिलेको सरकारलाई परमादेशबाट आएको पुरानै आरोप दोहोर्याउँदै उनले एमाले बाहेक अरुले सत्ताका लागि जनादेश पाउनै नसक्ने जिकीर गरे ।

आफु सरकारमा छँदा असाधारण प्रगति भएको फेहरिस्त सुनाउँदै उनले व्यापार घाटा कम गरेको र निर्यात वृद्धि गरेको सुनाए ।

चौध महिनापछि फेरि सत्तामा फर्किने हुङ्कार गर्दै ओलीले भने–“हाम्रो बिजय यात्रालाई कसैले रोक्न सक्दैन, १४ महिनापछि हामी फेरि सत्तामा आउनेछौं ।”

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: