सभ्य बन्न कार्यकर्तालाई नेकपाको निर्देशन

  प्रकाशित मिति
६ माघ २०७६, सोमबार १९:१६


मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना कार्यकर्ताहरुलाई ११ बुँदे आचारसंहिता जारी गर्दै मर्यादित एवम् सादा जीवन बिताउन निर्देश गरेको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा जारी विशेष परिपत्रमा आफूले प्रयोग गरिने भाषालाई मर्यादित बनाउन आग्रह गरिएको छ । परिपत्रमा कसैलाई पनि ‘तँ’ नभन्न निर्देशन दिइएको छ ।

परिवारमा गाली–गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

यस्तै, परिवारका सदस्य र अरूसँग बोलिने छ्भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन र कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्न भनिएको छ ।

जारी सर्कुलरमा छोराछोरीको बिहेलाई मितव्यी बनाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्याउन समेत कार्यकर्तालाई आग्रह गरिएको छ ।

भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्ने भनिएको छ ।

पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकी सादा जीवन र उच्च विचारलाई प्राथमिकता दिनुपर्ने बताइएको छ । आफ्नो जीवनलाई खुला किताबजस्तै राख्ने प्रयत्न गर्नुपर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ । आचारसंहितामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: