समदर्शीलाई डिकमान पुरस्कार

  प्रकाशित मिति
२१ श्रावण २०७३, शुक्रबार १७:५४


ramesh

विर्तामोड । पत्रकार रमेश समदर्शी डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानि हुने भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाद्धारा स्थापित पुरस्कारको राशी नगद १३ हजार १७ रुपैयाँ रहेको छ ।

महासंघका अध्यक्ष मुखियाको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले प्रतिदिन दैनिकका कार्यकारी सम्पादक रहेका समदर्शीलाई सम्मानित गर्ने निर्णय गरेको हो ।

महासंघको आगामी साउन २७ गते विहिबार आयोजना हुने १७औं स्थापना दिवसको अवसरमा उनलाई नगद पुरस्कार १३ हजार १७ रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिने महासंघले जानकारी गराएको छ ।

त्यसैगरी सोही यस वर्षको उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा सुब्बा र सनराइज एफएमकी शारदा खवासलाई जनही १५ सय १७ रुपैयाँसहित प्रोत्साहन पत्रबाट पुरस्कृत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: