समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

  प्रकाशित मिति
२२ असार २०७७, सोमबार १४:४८


।। रेवतिराज घिमिरे ।।

भद्रपुर । भद्रपुर स्थित वडा नम्बर ५, ८ र ९ मा पर्ने जनता चौकदेखि हडिया खोला पुल जोड्ने ६ किलो मिटर सडक स्तर उन्नतिको कार्य समयमा सम्पन्न नहुँदा स्थानीयहरुले आवत जावतमा सास्ती खेप्नु परेको छ ।

बर्षाको बेला जताततै पानी जमेको खाल्डा खुल्डीका कारण विभिन्न दुर्घटना लगायतका कारण आवत जावतमा समेत समस्या हुने गरेको उनीहरुको भनाई रहेको छ ।

संघन शहरी विकास योजना अन्र्तगत श्रेष्ठ कन्ट्रक्सन प्रालिद्वार ८३ करोड ८० लाख ९० हजार रुपैयाँको लागतमा ०७४ मंसिर १० गते सम्झौता भई ०७७ मंसिरमा सक्ने गरि ठेक्का लागेको उक्त सडकको ठेकेदारले निरन्तर कार्य नगर्दा स्थानीयहरुले सास्ती भोग्नु परेको स्थानीय उपभोक्ताहरुको आरोप छ ।

सडक निर्माण कार्य निरन्तर सम्पन्न गरि आफुहरुले आवत जावतमा सहज बनाउन माग गर्दै पटक पटक जिल्ला प्रशासन कार्यालय र संघन शहरी विकास आयोजनाको कार्यालयलाई ज्ञापन पत्र बुझाए पनि सरोकरवाला कुनै निकायले पनि नसुनेको स्थानीय उपभोक्ता लिला घिमिरेले बताए ।

सडक निर्माण कार्यका लागि सहजीकरण गरिदिन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई पटक पटक आग्रह गरे पनि सहजीकरण गर्नुको सट्टा उल्टै म्याद थपका लागि सिफारिस पठाएर झन समस्या थपिएको उनको भनाई छ ।

शुरुमा एक महिना भित्र निर्माण कार्य सम्पन्न गरि सक्ने भन्ने सम्झौता गरि स्थानीयहरुका विभिन्न घर संरचनाहरु भत्काइए पनि ४ बर्ष बितिसक्न लाग्दा समेत निर्माण कार्य सम्पन्न नगर्दा आफुहरुले सास्ती खेप्नु परेको स्थानीय सागर घिमिरेले दुखेसो पोखे ।

उनले लकडाउनका बेला समेत झापाली मजदुरहरु प्रयोग गरी निर्माण कार्यलाई निरन्तरता दिन माग गरे । मजदुरको व्यवस्थापन आफुहरुले गर्ने आयोजना प्रमुख राजेन्द्र खतिवडालाई जानकारी गराउँदा समेत वेवास्ता गरेको उनले बताए ।

लकडाउनको बहाना देखाएर आयोजना प्रमुख खतिवडाले निर्माण कार्य ढिला सुस्ती गर्न लागाएको उनको दावी छ ।

लगातारको बर्षाद्का कारण सडक आवत जावतमा विभिन्न समस्या हुनुका साथै दुर्घटना समेत निम्तिन सक्ने भएकोले तत्काल समस्याको समाधान गरी आवत जावतमा सहज बनाइनु पर्ने स्थानीय उपभोक्ताहरुको माग छ ।

उनीहरुले संघन कार्यालयद्वारा निर्माणाधीन अधिकांश सडक निर्माणमा चरम लापरवाही हुनुका साथै गुणस्तरहिन सामग्रीहरुको समेत प्रयोग गर्ने गरेको बताएका छन् ।

नगर प्रमुख श्रेष्ठले नगरपालिका भित्रका जुनसुकै विकास निर्माणका कार्यलाई दु्रत गतिमा सम्पन्न गर्न आफुले सदैव पहल गरिरहने बताए । उनले संघन शहरी विकास योजनामा नगरपालिकाको कुनै भुमीका नरहने स्पष्ट पारे ।

आयोजना प्रमुख खतिवडाले सडक निर्माण कार्यका लागि लकडाउनका कारण ढिला हुन गएको बताउदै तत्काल खाल्डा खुल्डी पुर्ने कार्य सम्पन्न गरिने बताए ।

उक्त सडकमा सर्वसाधारणलाई सहज रुपमा हिँडडुल गर्न सक्ने बनाउन कार्यालय प्रतिबद्ध रहेको उनले बताए ।

उनले झापाली मजदुरहरुमा सडक निर्माण कार्यका लागि क्षमता र अनुभव नभएकै कारण बाहिरी जिल्ला तथा भारतीय मजदुरहरुको प्रयोग गर्न ठेकेदारहरु बाध्य हुनु परेको समेत दावी गरे ।

नालासहित ४० फिट सडकको ९ फिट पक्की गरिने र हालसम्म ७५ प्रतिशत कार्य सम्पन्न भई सकेको कार्यालयले जनाएको छ ।

संघनले सञ्चालन गरेका ६ वटा सडक निर्माण कार्य मध्ये २ वटाको कार्य पुरा भइसकेको छ भने बाँकी ४ वटा सडकको निर्माण कार्य आगामी मंसिर महिना भित्र सक्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: