समस्या भए सोझै सम्पर्क गर्न मेचीनगरको आग्रह

  प्रकाशित मिति
१५ चैत्र २०७६, शनिबार ०९:२२


मेचीनगर / विश्व नै कोरोना भाइरसको चपेटामा परिरहेको बेला मेचीनगर नगरपालिकाले नगरवासीलाई घरभित्रै बसेर सुरक्षित रहन आह्वान गर्दै खाद्यान्न, उपचार र अन्य कुनै केही समस्या भएमा नगरपालिकामा सोझै सम्पर्क गर्न आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख विमल आचार्यले आज प्रेस विज्ञप्ति जारी गर्दै समस्या परेका नगरवासीहरुले सम्पर्क गर्नुपर्ने व्यक्ति र फोन नम्बरहरु सार्वजनिक गरेका छन् ।

खाद्यान्न र अति आवश्यक स्वास्थ्य सेवा आवश्यक भए तत्काल नगरपालिकाको स्वास्थ्य शाखाको फोन नं. ९८४२६३८३२९ र विपत व्यवस्थापन समितिका संयोजकको नं. ९८०११०६०८५ मा सम्पर्क गर्न विज्ञप्तीमार्फत नगरपालिकाले आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र पूर्वीनाकामा कडाई गर्न नगरपालिकाले सक्रियपूर्वक विभिन्न कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

मेचीनगर ७ स्थित सतिघट्टामा माइती नेपालको भवन, वडा नं. ११ को घाइजनस्थित स्वास्थ्य चौकी, वडा नं. ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र वडा नं. ४ सरस्वती माध्यमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिएको नगरप्रमुख आचार्यले जानकारी दिएका छन् । क्वारेन्टाइनमा भारतलगायत विभिन्न मुलुकबाट फर्किएकालाई उचित प्रवन्धसहित राखिएको बताइएको छ ।

मेचीनगरका १५ वटै वडामा निसंक्रमणका लागि स्प्रेको तयारी गरिएको र केही वडामा स्प्रेको कार्य प्रारम्भ भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका लागि ५०० थान मास्क, ६० थान पीपीई सेट र २० लि. सेनिटाइजर वितरण गरिएको, सवै वडामा रहेका स्वास्थ्य केन्द्र र इकाइका जनशक्तिलाई परिचालन गरिएको, नगर क्षेत्र भित्रका २ वटा एम्वुलेन्ससहित स्वास्थ्यकर्मीको टोली आपतकालीन अवस्थाका लागि परिचालन गरिएको र अन्तर्राष्ट्रिय सीमा काँकरभिट्टाबाट नेपाल प्रवेश गरेका ८५ हजारभन्दा वढी यात्रुको इन्फ्रारेड थर्मामिटरबाट हेल्थ डेस्कमा ज्वरो स्क्रिनिङ गरिएका नगरप्रमुख आचार्यले जनाएका छन् ।

लकडाउनपछि नेपालका विभिन्न स्थानमा जाने यात्रुलाई गन्तव्य स्थानसम्म पुर्याउन सहजिकरण गरिएको, सयौंको संख्यामा रहेका टोल विकास संस्थालाई परिचालित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

क्वारेन्टाइनमा वस्दा स्वास्थ्य समस्या देखिएमा तत्काल वडा अध्यक्ष वा माथि उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न, अत्यावश्यक सामाग्रीको कालो वजारी र मूल्य वृद्धि नगर्न, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री विक्री वा खरिद गर्दा न्यूनतम १ मिटर (३ फिट) को दूरीमा चुना वा अन्य सामाग्री प्रयोग गरी सेतो घेरा बनाई खरिद विक्री गर्न, अति विपन्न एवम् असहायका लागि खाद्य सामाग्री अभाव भए टोल विकास संस्थाका अध्यक्ष मार्फत वडा समितिका अध्यक्ष÷सदस्य मार्फत नगरपालिकामा सम्पर्क गर्न हुन, सरकारद्वारा जारी लकडाउनको अवधिमा टयाक्टर, टेम्पु, मोटरसाइकल लगायतका अन्य सवारी साधन प्रयोग नगर्न नगराउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

लकडाउनको अवज्ञा गरी कुनै क्रियाकलाप गरेमा प्रचलित कानून वमोजिम कडा भन्दा कडा कानूनी कारवाही हुने समेत नगरपालिकाले जनाएको छ ।

नगरवासीलाई कहि कतै कुनै समस्या भए प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ (९८५२०५६६०१), वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती (९८५२६७२७५८) र खाद्य विश्लेषक दीपेन्द्र कार्की (९८५२६७७६७) सँग सोझै सम्पर्क गर्ने सकिने समेत विज्ञप्तिमा उल्लेख छ ।

(पत्रकार लक्ष्मी उप्रेतीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: