समाचार पैसामा बिक्नु हुँदैन : नगरप्रमुख बुढाथोकी

  प्रकाशित मिति
२१ श्रावण २०७९, शनिबार २२:५९


काँकरभिट्टा, २१ साउन । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले समाजमा रहेका विकृति र विसंगीलाई भण्डाफोर गर्न पत्रकारीताको ठुलो भूमिका हुने बताए ।
शनिबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न प्रेस क्लब मेचीनगरको बार्षिक अधिवेशन तथा साधारण सभामा उनले यस्तो कुरा बताएका हुन् ।

‘कुनैपनि समाचार पैसामा बिक्नु हुँदैन’, नगरप्रमुख बुढाथोकीले भने–‘पत्रकारले समाजका लागि योगदान गर्नुपर्छ । पत्रकारले समाजका अभयवहरुको खवरदारी गर्छ । पत्रकारीता समाजको प्रतिबिम्व हो । समाजका विकृतिहरुलाई जरैबाट उखल्न पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ ।’

नगरपालिकाले भर्खरै सञ्चार प्रतिष्ठान कार्यविधि पारित गरेको छ । त्यसका विषयमा पत्रकारप्रति ईङ्गीत गर्दै नगरप्रमुख बुढाथोकीले सञ्चार प्रतिष्ठान हुर्काउन कम्पोष्ट मलको आवश्यक रहेको बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले नराम्रा कुराहरुलाई प्रश्रय दिन नहुने बताइन् । उनले नियतबस गरिएका गल्तीलाई संरक्षण गर्ने होइन त्यसको उजागर गर्न पत्रकारपछि हट्न नहुने बताइन् । मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले समाजका खराव पक्षलाई निरुसाहित गर्न र असलबाटोमा डोर्याउन पत्रकारको अहम भूमिका हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्बिका भण्डारी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, अग्रज पत्रकार जीएन शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षको बार्षिक प्रतिवेदन लक्ष्मी उप्रेती र कोषाध्यक्षको आर्थिक प्रतिवेदन रीता दाहालले प्रस्तुत गरेका थिए । कार्यक्रममा मेचीनगर–६ का वडा सदस्यहरु धु्रबकुमार राई, भोगेन्द्र सुब्बा, सीमा रसाइली र सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष उप्रतीको अध्यक्षता, स्वगत उपाध्यक्ष शिशिर चम्लागाई र कार्यक्रमको सञ्चालन सचिव जीआर धितालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: