समाजमा रुपान्तरणमा शिक्षा अपरिहार्य

  प्रकाशित मिति
२६ भाद्र २०७३, आईतवार १०:४३


20160910_122729_resized
कनकाइ, २६ भदौ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको दशौ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष एवम् जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर काठमाडांैका क्याम्पस प्रमुख भोलानाथ ओझाले शिक्षाले समाज रुपान्तरणमा भूमिका खेल्ने भएकाले सबै पक्षबाट शिक्षाको विकासमा सकारात्मक पहल गर्नुपर्ने बताएका छन् ।

उनले विश्वविद्यालय अनुदान आयोगसँगको क्याम्पसको सहकार्यबाट नै क्याम्पसले छिटो प्रगति गर्ने भएकाले सोही अनुरुप आफ्ना योजना बनाउँदै क्यूएए प्राप्त गर्न जोड दिए । बद्लिँदो परिवेशमा पब्लिक क्याम्पसका चुनौति थपिएकाले समुदायबाट सञ्चालन हुने क्याम्पसहरु गुणस्तरीय शिक्षाका लागि प्रतिष्पर्धात्मक रुपमा अघि बढ्नुपर्ने बताए ।

क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको सभाहलमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईंले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हो भने संस्थाको भविष्य उज्ज्वल हुने बताए । उनले विद्यार्थीमा पठन–संस्कृतिको विकास गर्न सबै पक्ष जागरुक हुन सुझाव दिए ।

क्याम्पस सभाका अध्यक्ष हीराकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद चिमरिया, नेकपा एमाले नगर अध्यक्ष कोमलप्रसाद पन्त, एमाओवादीका नगर कार्यवाहक अध्यक्ष चन्द्रमान कन्दङ्वा, नेकपा माले नगर सचिव भीष्म मैनाली, राप्रपा नेपालका नगर सचिव प्रकाश थापा, कनकाई सामुदायिक वन समूहका अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, त्रिदेव क्याम्पस चारआलीका क्याम्पस प्रमुख माधव प्याकुरेल, प्राध्यापक संघ इकाइ सभापति हरिप्रसाद तिम्सिना, विद्यार्थी प्रतिनिधि याम भुजेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केदारप्रसाद गिरीले क्याम्पसको विगत र वर्तमानको समीक्षा र भावी लक्ष्य तथा कार्यक्रमहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेक थिए । उनले क्याम्पसलाई अझ उन्नत र समृद्ध बनाउन यहाँको भौगोलिक, आर्थिक, सांस्कृतिक, धार्मिक र शैक्षिक अवस्था र विशिष्टताको उपयोग गर्दै  क्याम्पसमा क्रियाशील मानवसंसाधनलाई समर्पित एवम् दक्ष बनाउने, सुधार र चुनौतीको समुचित समायोजन गरी टिम स्पिरिटका साथ अघि बढ्न आवश्यक रहेको बताए ।

सभामा सञ्चालक समितिका कोषाध्यक्ष डिल्लीराम पौडेलले क्याम्पसको बजेट प्रस्तुत गरेका थिए । पौडेलले क्याम्पसको आ.व.२०७२÷०७३ को प्रगति समीक्षा तथा आ.व.२०७३÷०७४ को २ करोड ३३ लाख ८ हजार ५ सय ८४ रुपैयाँ ६९ पैसाको अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्दै क्याम्पसलाई नमूना क्याम्पस बनाउन क्याम्पस आर्थिक रुपमा सबल हुनुपर्ने र त्यसका लागि आर्थिक पारदर्शिताका साथ आन्तरिक स्रोतको विकास र विस्तार, बाह्य स्रोतको पहिचान र परिचालन अति आवश्यक रहेको बताए ।

त्यसैगरी सभाले सञ्चालक समितिको सदस्य सचिवको हैसियतमा क्याम्पस प्रमुख टंकबहादुर कार्कीले प्रस्तुत गरेको शैक्षिक तथा प्रशासनिक प्रतिवेदन, लेखा समितिका सदस्य लीलाप्रसाद उप्रेतीले प्रस्तुत गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदन र सहायक क्याम्पस प्रमुख देबेन्द्रकुमार राईले प्रस्तुत गरेको आ.व. २०७२÷०७३ को बाह्य लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो ।

क्याम्पस सञ्चालक समितिका सदस्य गोविन्दप्रसाद पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको उपाध्यक्ष तिलचन्द्र उप्रेतीले औचित्यमाथि प्रकाश पारेका थिए । उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँ र बन्दसत्रको उपप्राध्यापक हरिप्रसाद तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: