समाजवादको सिद्धान्त छोड्दा काँग्रेस कमजोर ः शिवाकोटी

  प्रकाशित मिति
६ श्रावण २०७७, मंगलवार ११:१५


रेवतिराज घिमिरे

भद्रपुर, ६ साउन । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३८औँ स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम गरिएको छ ।

नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा मङ्गलवार सम्पन्न कार्यक्रममा भद्रपुर–१० चन्द्रगढी स्थित धनुषमोडमा रहेको वीपीको शालिकमा माल्याअर्पण सहित विविध कार्यक्रमसाथ दिवस मानाइएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्त काँग्रेस पार्टीले छोड्दा पार्टी कमजोर भएको बताए ।

उनले पार्टीले समाजवाद र प्रजातन्त्रलाईसँगै लिएर जानु पर्नेमा जोड दिँदै पार्टीले वीपीको मार्गदर्शनलाई भुल्न नहुने समेत वताए ।

नेता शिवाकोटीले बर्तमान कम्युनिष्टहरुको दुई तिहाईको सरकारले देशमा भ्रष्टचार र वेथितिलाई बढावा दिँदै गएको बताउँदै प्रजातन्त्रको संरक्षण र शुसासन स्थापना गराउँन आगामी दिनमा काँग्रेसको सरकार अवश्यक रहेको धाराण राखेका थिए ।

उनले पार्टी महाधिवेशन समयमै सम्पन्न हुने भएकोले कार्यकर्ताहरुले गाँउ, क्षेत्र तथा वडा विस्तार गर्दै पार्र्टी सुधृढिकरणमा लाग्नु पर्नेमा जोड दिए ।

नेता शिवाकोटीले बर्तमान प्रधामन्त्रीले तानाशाह प्रवति देखाएको बताउँदै सबै लोकतन्त्रवादीहरु तानाशाहको विरुद्धमा एक हुनु पर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, नेपाली काँगे्रस झापाका सभापति उद्धप थापा, उपसभापति राम कट्टेल, नेपाल महिला संघ झापा सभापति शुसिला ढकाल, केन्द्रिय सदस्य भारतेन्दुकमार मल्लिक, जिल्ला सचिव प्रेम सम्वाहाम्फे, सदस्य ज्योती रिजाल लगायतका पार्टीका महाधिबेशन प्रतिनिधिहरु, महासमिति प्रतिनिधि, जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

झापामा वीपी स्मृति दिवस आज प्रवचन, रक्तदान लगायतका विभिन्न कार्यक्रमकासाथ मनाईदैछ ।

काँग्रेस भद्रपुर नगर समिति सभापति मोहन महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नेपाल महिला संघकी केन्द्रिय सदस्य गोमा भट्टराई र सञ्चालन नगर सचिव राम कडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: