समाजवादी पार्टी मेचीनगरमा खापुङ

  प्रकाशित मिति
६ फाल्गुन २०७६, मंगलवार १३:४५


मेचीनगर । केन्द्रमा एकवर्ष अघि दुई पार्टीबीच एकीकरण भई बनेको समाजवादी पार्टीको मेचीनगर समिति गठन भएको छ ।

सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको थियो ।

पार्टी समायोजन पछि बनेको समाजवादी पार्टी मेचीनगर समितिलाई सोमबारबाट बल्ल औपचारिकता दिइएको हो ।

सोमबार इटाभट्टाको किरात याक्थुम चुम्लुङ भवनमा समाजवादी पार्टीको समायोजन कार्यक्रम गरी नगर समितिलाई पूर्णता दिइएको छ ।

समाजवादी पार्टीको नगर अध्यक्षमा ओमप्रकाश खापुङ, उपाध्यक्षमा कृष्ण कट्टेल, धनकुमार राई र बुद्धिबहादुर श्रेष्ठ, सचिवमा सरोज श्रेष्ठ, सहसचिवमा पवनलाल मेचे र कोषाध्यक्षमा उमादेवी यक्तादेन रहेका छन् ।

३१ सदस्यीय नगर समितिको सदस्यमा अमर आङ्बो, सुनबहादुर वाइवालगायत छन् ।

पार्टीका नगर अध्यक्ष खापुङका अनुसार मेचीनगरमा एक हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् ।

समायोजन कार्यदल मेचीनगरका संयोजक दिलीप आङ्दाम्बेको अध्यक्षता तथा समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद राधा थापा, समाजवादी पार्टीका केन्द्रीय सदस्य भक्त खेवाङ, प्रेमदिप थाम्सुहाङ, समाजवादी पार्टीका प्रदेश नं १ अध्यक्ष प्रविन चाम्लिङ, जिल्ला अध्यक्ष दिपिनवाला राई, सङ्गीता रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजवादी पार्टीका जिल्ला नेता पुष्प पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सुकमाया लिम्बूले गरेकी थिइन् ।

कार्यक्रममा नगर अध्यक्ष खापुङले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: