समाजसेवामा रमाउँदै क्याप्टेन बा

  प्रकाशित मिति
१८ भाद्र २०७३, शनिबार १०:१३


Dambarbahadur Ighingo with Wife‘गाउँमा विद्यालय खुलेका थिएनन् । पढनु पर्छ भन्ने कुनै ज्ञान नै थिएन । तर, जीवनमा केही गर्नु पर्छ भन्ने सधैँ भइरहन्थ्यो । त्यहि भएर सानैमा मुग्लानतिर लागियो ।’

कुराकानीकै सुरुवातमा क्याप्टेन डम्बरबहादुर इदिङ्गोले आफ्ना अतितलाई बेलिविस्तार लगाए । आफुले विगतमा गरेका तिता मिठा अनुभवहरूलाई खुलेर राख्ने जमर्काे गरे । मैले उनका कुरालाई ध्यानपूर्वक सुनिरहे । मानौ कुनै दन्त्य कथा सुन्दैछु । बेला बेलामा म बिचमा प्रश्न पनि तेर्साउने गर्थेँ । उनको बारेमा पहिलेदेखि सुन्ने गरेको भए पनि प्रत्यक्ष कुराकानी गर्ने अवसर मिलेको थिएन ।

बुधबार बिहान उनको निजी निवास मेचीनगर–१२ इटाभट्टामा पुग्दा शैलुनमा कपाल दाह्री खौरेर चिटिक्क भएका रहेछन् । त्यस दिन सबै काम छोडेर उनकै कथा लेख्न घरमा पुगेँ । मैले आएको उद्देश्य बताएपछि आफ्ना विगतका दिनको सम्झना गर्न थाले क्याप्टेन बाले । क्याप्टेन बाको खाँचो अझै पनि यो समाजलाई रहेको महसुस गरेँ । जागिरे जीवन, राजनीतिक र सामाजिक साइनोमा बाँधिएका क्याप्टेन बा यस क्षेत्रमा लोकप्रिय व्यक्तिको रुपमा रहेका छन् ।

वि.सं. १९९३ साल फागुन १९ गते बुबा सुखदल इदिङ्गो र आमा आइतमाया इदिङ्गोका साइला छोराका रुपमा ताप्लेजुङ जिल्लाको लिम्बुदिन गाविस वडा नम्बर ५ मा जन्मेका क्याप्टेन डम्बरबहादुर इदिङ्गो सानै उमेरदेखि हक्की स्वभावका रहेछन् । ११ वर्षको उमेरमा विवाह गरे पनि श्रीमतीले छोडेपछि २०१२ सालमा जन्मभूमि चटक्कै छोडेर मुग्लानतिर हिँडे । ३÷४ दिन हिडेर झापा आएपछि सोझै भारततर्फ लागेका उनी दार्जीलिङमा भारतीय सेनामा भर्ती भए ।

विद्यालय कस्तो हुन्छ पाइला समेत नटेकेका इदिङ्गोले सेनामा भर्ती भएपछि मात्र पढ्ने अवसर पाएका रहेछन् । उनका बुबा तत्कालिन ब्रिटिश गोर्खाका जागिरे भएकाले पनि उनको मोह त्यसैमा गएको रहेछ । हुन त उनलाई यो जागिर चुनौती र अवसर दुबै थियो । जुन बेला पाकिस्तान र भारतबीच कास्मिरको सीमाका विषयमा चर्काे युद्ध भइरहेको थियो । उनी त्यहि सीमामा खटिए ।

लाहोर सेक्टरको जिम्मेवारी लिएर मैदानमा उत्रिएका उनी दुस्मनहरूसँग कहिले पनि झुक्नु परेन । ‘युद्ध हो, के कति मारियो त्यो त कुनै अत्तो पत्तो छैन’, इदिङ्गोले लाहुरे जीवनलाई सम्झे–‘तर कहिले पनि पछि हट्नु परेको थिएन, जे पनि गर्न सक्छु जस्तो हिम्मत जागेर आउँथ्यो ।’
२८ वर्षको जागिरे जीवनमा उनले एउटा स्टार मेडलसहित ८ वटा तक्मा पाउन सफल भएका थिए । जुन तक्माले उनको कार्यकौशलको पुष्टि गर्छ । इमान्दारिता, लगलशिलता र कर्तव्यनिष्ठ भई काम गरेबापत उनलाई भारत सरकारले तक्मा भिराइदिएको रहेछ । ‘यो मेरो इतिहास हो’, आफुले पाएको तक्मा देखाउँदै क्याप्टेन बाले भने–‘म मरेर गए पनि यो इतिहास कहिले मर्ने छैन ।’

जागिरबाट अवकास भएपछि नेपाल आएर २०४० सालमा मेचीनगरको इटाभट्टामा जग्गा जमिन किनेर ताप्लेजुङ गएका उनले २०४३ सालमा सबै परिवारलाई लिएर झापा बसाई सरेर आए । एक श्रीमती र ३ छोरालाई साथ लिएर झापा आएका उनी सामाजिक क्षेत्रमा व्रिmयाशिल बने । जेठो छोरा टिका भारतीय सेनामै जागिरमा भर्ती भए । जो अहिले रिटायर्ड बनेका छन् । माइलो किशोर युकेमा छन् भने कान्छो जगत इदिङ्गो मेचीनगरका राजनीतिक व्यक्ति हुन् ।

उनी पनि राजनीतिक रुपमा उत्तिकै व्रिmयाशिल व्यक्ति हुन् । २००७ सालमा राणाहरूको विरुद्धमा आवाज उठाउँदै सानै उमेरमा नेपाली काङ्ग्रेसमा लागेका उनको ६० वर्ष लामो इतिहास नेपाली काङ्ग्रेसमै छ । कुनैताका काङ्ग्रेस नेताका रुपमा परिचित उनी काङ्ग्रेसलाई त्यागेर सङ्घीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पछिल्लो पुस्ताका काङ्ग्रेसको नीति मन नपरेपछि पार्टी छोडेको बताए उनले । ‘अझै काङ्ग्रेसको माया लाग्छ’, उनले भने–‘आफ्नो अल्लारे जीवन यसैमा समर्पित गरियो । यो उमेरमा आएर बाध्य भएर त्याग्नु प¥यो । तर मलाई काङ्ग्रेस छोडेकोमा कुनै पश्चाताप छैन, माया त लाग्छ नि । बिहे गरेर गएकी छोरीलाई माइतको माया लाग्दैन र ?’

कुराकानी व्रmममा पुरानै पार्टीमा फर्कन मन लाग्दैन भनेपछि उनले यदि कुनै दिन पार्टी सहि सिद्धान्तमा हिड्न थाल्यो भने त आफ्नै घर हो फर्केर आउनलाई कुनै अप्ठेरो नहुने बताए । सिङ्गो देशले सङ्घीयतासहितको पहिचान खोजेका बेला आफ्नै पार्टीले त्यसको कुनै वास्ता नगरेपछि उनको मन बहकिएको रहेछ । उनी भन्छन–‘लिम्बू एउटा जाति होला तर, लिम्बूवान पहिचान हो । यहि पहिचानको खोजीमा लागेको हुँ ।’

तत्कालीन झापा क्षेत्र नम्बर ३ मा नरेन्द्रविव्रmम नेम्बाङ सांसदमा निर्वाचित भएको वर्ष इदिङ्गो १३ नम्वरको वडा सभापति थिए । उनकै कार्यकालमा यस क्षेत्रमा काङ्ग्रेसले राम्रो प्रगति गर्ने मौका पाएको थियो । अहिले उनी काङ्ग्रेस पार्टीमा नभए पनि उनको भावना नजिकै छ । काङ्ग्रेसलाई थोरै भए पनि जग्गा दिने उनको सपना छ । अहिले उनी सङ्घीय समाजवादीको मेचीनगर सल्लाहकार छन् ।

उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै लागि पर्छन् । इटाभट्टा क्षेत्रमा कुनै समय बाटो नभएर हिड्न समेत समस्या भएको अवस्थामा आफ्नै नेतृत्वमा लागि परेर ३ वटा बाटो बनाउन सफल भएका थिए । जुन क्षेत्र अहिले बजारीकरण भएको छ ।

किराँत याक्थुङ चुम्लुङ मेचीनगरलाई डेढ कठ्ठा जग्गा निःशुल्क दिए । सोही जग्गामा अहिले चुम्ुलुङको सुविधा सम्पन्न सामुदायिक भवन बनेको छ । हर्क फ्याक अध्यक्ष भएको समयमा उनले दिएको उक्त जग्गामा भवन निर्माण भएको हो । उनी चुम्लुङका सल्लाहकार समेत हुन् । यसैगरी लारुम्बा मन्दिर इलाममा १ लाख ५० हजार, माइधार किराँत मन्दिरमा १ लाख ३० हजार, गाडागल्ली माङहिममा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका उनी माङहिम मन्दिर मेचीनगरका संस्थापक अध्यक्ष समेत हुन् ।

बाहुनडाँगी ३ का समाजसेवी जीतबहादुर लावतीसँगको सहकार्यमा मेचीनगर–८ मा माङहिम मन्दिरको स्थापना गरेका हुन् । साथै विभिन्न सामाजिक सङ्घ संस्थालाई आर्थिक तथा भौतिक सहयोग समेत गरेका छन् । ‘सकेसम्म सहयोग गरेको छु’, उनले भने–‘तर, अझै पनि चाहेर पनि शैक्षिक संस्थामा सहयोग गर्ने सोच बनाइरहेको छु ।’

उनी समाजका मरिमेट्ने व्यक्ति भएको उनका साथी बाहुनडाँगी–३ दोकानडाँडाका जीतबहादुर लावती बताउँछन् । उहाँमा जस्तोजुकै कठिन परिस्थतिलाई पनि सहजै सामना गर्ने सामर्थ रहेको उनले बताए । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सचिव हस्त आङदेम्बेले समाजको इतिहास तथा पार्टीका अग्रज नेताका रुपमा उनी चिनिएको बताए ।

सामाजमा बसेपछि सामाजिक क्षेत्रमा आफुले जे जस्तो हुन्छ योगदान दिन सक्यो भने मूल्याङ्कन हुन्छ भन्ने उदाहरण बनेका छन् क्याप्टेन बा । सामाजिक र राजनीतिक क्षेत्रमा राम्रो दखल भएका क्याप्टेन बा समाजकै अभिभावकका रुपमा रहेको किराँत याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलिप आङदेम्बे बताउँछन् ।

(२०७३ भदौ १८ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: