समालोचक प्रसार्इँको स्मृति ग्रन्थको लोकार्पण

  प्रकाशित मिति
१९ असार २०७५, मंगलवार १५:०२


धुलाबारी । बरिष्ठ समाचोलक स्व. गणेशबहादुर प्रसाईको स्मृति ग्रन्थ मङ्गलबार लोकार्पण गरिएको छ ।

धुलाबारीस्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठानको सभाहलमा गणेशबहादुर प्रसाईँ स्मृति प्रतिष्ठानको आयोजनाले भव्य कार्यक्रमको आयोजना गरी ग्रन्थको लोकार्पण गरेको हो ।

प्राध्यापक डा.गोविन्दलाल भट्टराई सम्पादक रहेको उक्त ग्रन्थ १२ सय पृष्ठको रहेको छ । स्मृति ग्रन्थ तीन बर्ष लगाएर मिहिनेतका साथ प्रकाशन गरेको सम्पादक भट्टराईले बताए । उनले विलक्ष्ण प्रतिभाका धनी रहेका समालोचक प्रसाईको केही लेख रचना र उनीसँग सम्बन्धित रहेर विभिन्न लेखकद्वारा लेखिएका सामग्री प्रकाशन गरेको बताए । प्राडा भट्टराईले सो ग्रन्थ नेपाललगायत भारतका ८ वटा विश्वविद्यालयमा पठाउने तयारी गरिरहेको बताए ।

ग्रन्थको विमोचन नेपाली साहित्य परिषद् सिक्किमका डा. रुद्र पौडेलले गरेका थिए भने समीक्षा डा. वीणा हाङ्खिम र डा. टंक न्यौपानेले गरेका थिए ।

भारतको सिक्किम, दार्जीलिङ, आसाम, विराटनगर, इलाम र झापाका बरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा प्राडा यज्ञराज प्रसाई, भाषविद् चुडामणि रेग्मी, साहित्यकार तेजराज खतिवडा,मुक्ति उपाध्यया बराल, ज्ञानेन्द्र खतिवडा, पूर्व मन्त्रीद्वय खगेन्द्र प्रसाईँ, वीरमणि ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष नसुह प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव विनोद खनाल र सञ्चालन सम्पादन समूहका सदस्य पुण्यप्रसाद खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: