‘समिट माइक्रो’ अध्यक्षमा तिर्थराज

  प्रकाशित मिति
३० पुष २०७४, आईतवार १७:१८


 

विर्तामोड । समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्कको अध्यक्ष पदमा युवा उद्यमी तिर्थराज ढकाल आगामी ४ वर्षका लागि निर्वाचित भएका छन् ।

बैङ्कको शुक्रवार विर्तामोडमा सम्पन्न नवौँ साधारणसभाले चयन गरेको सञ्चालक समितिले ढकाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

बैङ्किङ व्यवस्थापन क्षेत्रमा लामो समयदेखि क्रियाशील युवा उद्यमी ढकाल यस अघि पनि सोही बैङ्कको अध्यक्ष थिए । दोस्रो कार्यकालका लागि उनी चयन भएका हुन् ।

गोरखकाली सिमेन्ट उद्योग प्रा.लि.का जीएम समेत रहेका उनले बैङ्कलाई समयानुकूल नेतृत्व प्रदान गर्दै संस्थालाई कार्यक्षेत्र विस्तारसहित प्रगतितर्फ अग्रसर गराउने बताएका छन् ।

साधारणसभाले सञ्चालक समितिमा टिकादेवी चुडाल, चित्रबहादुर बिष्ट र टिकाराम खरेललाई समेत चयन गरेको छ भने यस अघि नै सर्वसाधारण समूहबाट समितिको सदस्यमा जगन्नाथ चालिसे र नारायणप्रसाद लुइँटेल चयन भइसकेका छन् ।

२०६६ सालमा स्थापित बैङ्कले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा सेवा प्रदान गरिरहेको छ भने यसै वर्षदेखि तेह्रथुम, भोजपुर, सङ्खुवासभा, खोटाङ र सिन्धुलीमा सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

३६ हजार भन्दा बढी महिला ग्राहक सदस्य रहेको यो बैङ्कले बिना धितो र धितोमा गरी दुबैखाले कर्जा प्रवाह गर्दै आएको छ ।

हालसम्ममा सदस्यबाट ५० करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको बैङ्कले ६ अर्ब ५ करोडभन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: