समुदायकी ‘स्टार्फ नर्स’ सुनिता किसान

  प्रकाशित मिति
२४ फाल्गुन २०७४, बिहीबार ०९:३५



लगनशील अनि मेहनत सफलताको सूचक हो । सानैदेखिको पढाइप्रति लगनशील सुनिता किसान यतिखेर स्टाफ नर्सको कोर्ष पूरा गर्ने तयारीमा छिन् ।

मेचीनगर–९ खुट्टीडाँगी निवासी सुनिता लोपोन्मुख किसान समुदायकी एकमात्र स्टार्फ नर्स पढिरहेकी विद्यार्थी हुन् ।
काठमाडौँको सीटीईभीटी अन्तर्गत अध्ययन गरिहेकी सुनिताको कोर्ष पूरा हुन अब एकवर्ष बाँकी छ । तीनवर्षे स्टार्फ नर्स पूरा गरेर उनले गरिब दुःखी बिरामीको सेवा गर्ने सोच बनाएकी छिन् ।

झापामा मात्र बसोबास रहेको यो समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने व्यक्ति नगन्य छन् । शिक्षाबाट पछाडि परेको यो समुदायमा कुनै बेला छोराछोरीलाई पढाउन हुँदैन भन्ने गलत संस्कार थियो । यस्तो संस्कारलाई तोड्दै पढाइमा सुनिता विस्तारै अघि बढिरहेकी छिन् ।
उनले पछि परेको आफ्नो समुदायको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच बनाएकी छिन् । उनी भन्छिन्–‘पढेर मेरो समुदायको स्वास्थ्य सेवा गर्न मन छ ।’

सुनिता त्यति सजिलै स्टाफ नर्स पढ्न सक्ने भएकी होइनन् । उनी गरिब परिवारकी छोरी हुन् । उनका बुवाआमा दैनिक ज्यालादारी गरेर जीवन चलाइरहेका छन् । परिवार उनलाई पढाउन सक्ने अवस्थामा थिएन ।

उनका परिवारले सुनितालाई स्थानीय स्वबोध साधना केन्द्रमा जिम्मा लगायो । स्वबोधमा असहाय, अनाथ र अतिविपन्न परिवारका बालबालिकालाई निःशुल्क आवाससहित पढाइदिने व्यवस्था छ ।

उनले त्यहीँबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि स्वबोधकै खर्चमा उनले विर्तामोडको कञ्चनजङ्घा हेल्थ इन्स्टिस्यूटबाट दुई वर्षे नर्सिङ कक्षा पास गरिन् । त्यसपछि उनी कोर्ष पूरा गर्न काठमाडौं गइन् ।

काठमाडौंमा उनी समाजसेवी बालकृष्ण थपलियाको संरक्षणमा अहिले पढिरहेकी छिन् । थपलिया स्वबोध साधना केन्द्रका अध्यक्ष पनि हुन् । उनकै पहल अनि सहयोगमा सुनिताले पढाइ अगाडि बढाउन सफल भएकी हुन् । ‘सुनिता सानैदेखि इमान्दार र मिहेनती थिइन्’, थपलिया भन्छन्–‘पढाइ सकेर उनलाई फार्मेसी खोलिदिने सोच बनाएका छौँ ।’
……….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: