समुदायमा त्रास बढेपछि मेचीनगरमा ‘मास टेस्टिङ’ सुरु (हेर्नुहोला फोटोहरु पनि)

  प्रकाशित मिति
११ श्रावण २०७७, आईतवार २०:२१


मेचीनगर, ११ साउन । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्त रुपमा पूर्वीनाका काँकरभिट्टामा ‘मास टेस्टिङ’ सुरु गरेको छ ।

आइतवार पहिलो दिन फ्रन्टलाइनमा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, होटल व्यवसायी, पत्रकार, सवारी चालक र सर्वसाधारण गरी ११७ जनाको स्वाव सङ्कलन गरिएको छ ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले समुदायमा कोरोनाको सङ्क्रमण छ कि छैन भनेर पत्ता लगाउन मास टेस्टिङ गरिएको बताए ।

काँकरभिट्टाको होल्डिङ सेन्टरमा खटिएका २० जना सशस्त्र प्रहरीमा कोराना भेटिएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको त्रास छ । मास टेस्टिङको नतिजा आएपछि अवस्था प्रष्ट हुने विश्वास गरिएको छ ।

आइतवार सशस्त्र प्रहरीका ३२ र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाव सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशिकला राई बताउँछिन् ।

मेचीनगरमा अहिलेसम्म ७० जनामा कोरोना सङ्क्रमण भइसकेको छ । जसमा ४६ जना निको भइसकेका र २४ जना अझै अस्पतालमा छन् ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बरालले ‘मास टेस्टिङ’लाई आगामी दिनमा धुलावारी र चारआली बजार क्षेत्रमा विस्तार गरिने बताएका छन् ।

(फोटोहरु : देबेन्द्र खरेल / लोकतन्त्र पोस्ट)
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज