समुदायमा संक्रमण सल्किएपछि झापामा लकडाउनको लहर

  प्रकाशित मिति
३१ श्रावण २०७७, शनिबार २०:२८


अर्जुनधारामा केही दिन अघि लगाइएको लकडाउनका बेला साइकलमा यात्रा गरिरहेका स्थानीय ।

झापा, ३१ साउन (रासस) : कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएसँगै झापाका चार वटा स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ व्यक्ति कोरोना संक्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् ।

बन्दाबन्दी घोषणा गर्ने पालिकाहरुमा दमक, मेचीनगर नगरपालिका, कमल र बुद्धशान्ति रहेका छन् । चारै वटा पालिकाले एक हप्ताका लागि बन्दाबन्दी घोषणा गरेका हुन् ।

दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दमकका पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै आजदेखि एक हप्ताका लागि नगरपालिका बन्द गरेको हो ।

मेचीनगर नगरपालिकाले आम्दा मेची अस्पतालका डाक्टर, फुटबल खेलाडी र अन्य एक दर्जन बढी समुदायमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनदेखि अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको छ ।

कमल गाउँपालिकाले छिमेकी नगरपालिका दमकमा समुदायमा कोरोना फैलिएको भन्दै आंशिक बन्द गरेको छ । पालिकाले सूचना नै जारी गरेर सातैवटा वडाका जनप्रतिनिधिसहित कर्मचारीको समेत पीसीआर परीक्षण गराउनु पर्ने भएको हुँदा रिपोर्ट नआएसम्म कार्यालय नै नखोलिने जानकारी गराएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा जारी गरिएको सूचनामा संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न कमल गाउँपालिकाभित्रका जनतालाई समेत अपील गरिएको छ ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले छिमेकी मेचीनगर नगरपालिकाका समुदायमा कोरोना संक्रमितको संख्या बढेसँगै बन्दाबन्दी घोषणा गर्नु परेको जनाएको छ । मेचीनगर र अर्जुनधारा नगरपालिकासँग सीमा जोडिएको बुद्धशान्तिले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने र पालिकाले तोकेको समयावधिमा मात्र पसलहरु खोल्न समेत आग्रह गरेको छ ।

यस अघि अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिकाले समेत एक हप्ता बन्दाबन्दी गरेका थिए । समुदायमा कोरोना देखिएपछि संक्रमति व्यक्तिसँग सम्पर्कमा आएका दुई सय बढी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: