समूहले बनायो आत्मनिर्भर

  प्रकाशित मिति
२३ असार २०७३, बिहीबार १५:१८


jagaruka

गौरादह । करिब पाँच वर्ष अगाडि कुनै व्यवसाय थिएन । निश्चित आम्दानी थिएन गौरादहकी मन्दिरा कार्कीको । कामको खोजीमा थिइन् । ०६६ सालमा महिलाहरुको लागि केही गर्ने उद्देश्यले गंगा कार्कीको अगुवाइमा जागरुक महिला समूह खुल्यो । मन्दिरा पनि समूहको सदस्य भइन् । संस्थाले मखमली र ढाका कपडामा बुटिक गरेर चप्पल जुत्ती बनाउने तालिम संचालन गर्यो । मन्दिरा पनि त्यसमा सहभागी भइन् । त्यसपछि त उनका दिन नै व्यस्ततामा वित्न थाले । उनी अहिले अचार, व्याग, पर्स, डल कुसन, जत्ता चप्पल र कुकको प्रशिक्षक भएकी छन् । यतिबेला उनी झापामा मात्र होइन मोरङ, सुनसरी, तेह्रथुम र ताप्लेजुङका विभिन्न ठाउँका महिलाहरुलाई सीप सिकाउने र आत्मनिर्भर बन्न सिकाउँछिन् ।

पछिल्लो समय महिलाहरु आत्मनिर्भर बन्ने सीप सिकाउने र सिक्ने कुरामा क्रियाशील छन् । त्यसो त उनी मात्र होइन बैगुनधुरा – ९ की निरादेवी ढकाललाई पनि अहिले भ्याइनभ्याई छ । उनले पनि सोही समूहबाट तालिम लिएर घरमै बसेर मनग्गने आम्दानी गर्न थालेकी छिन् । उनी आफूमात्र बनाउने गर्दिनन् अरुलाई पनि गमला, डल कुसन, मखमली चप्पल जुत्ता बनाउने सिकाउने पनि गर्छिन् । जागरुक समूहले महिलाहरुलाई केही गर्नु पर्ने रहेछ भन्ने जाँगरण ल्याइदिएको बताउँछिन् ।

उनीसँगै यो सीप सिक्दाका सहेलीहरु मैया कार्की, निरु पाण्डे, मन्दिरा कार्की, जमुना चम्लागाईं, देवी न्यौपाने र टिकादेवी अधिकारी थिए । अहिले त्यो गाउँका प्रायः महिला सीप सिकेर राम्रो आयआर्जन गरिरहेका छन् । ‘के गर्ने कसो गर्ने भनेर गाउँमा अलमलिरहेका महिलाहरुलाई सीप सिकाएर बाच्न सिकाउँदैछौं’, निरादेवी भन्छिन् ।

अहिले गाउँ गाउँमा यस्ता सीप भएका महिलाहरु रहेछन् भन्ने जागरुक महिला समूहले बनाइदिएको छ । लुगा, टप, जुत्ता गमला आदि जुन सुकै वस्तु वा चिजको डिजाइनमा पोख्त छिन् पंकजा भण्डारी ।

यसै संस्थाको सहयोगमा सीप सिकेकी रुका कोइराला समूहले आफूलाई मार्ग निर्देश गरेकोे बताउँछिन् । त्यसो त गौरीगञ्ज गाविसकी सुमित्रा ताजपुरिया, पुनम शाहा र विनिता ताजपुरिया पनि यसै संस्थाले संचालन गरेको पार्लरको तालिममा भाग लिएपछि आफूले पैसाको लागि अभिभावकहरुसँग हात थाप्नु नपरेको बताउँछन् । रुका कोइरालाले गौरादहमा ०६६ सालदेखि हालसम्म पनि संस्थाकै नाममा जागरुक टेलरिङ सेन्टर नै भनेर चलाइरहेकी छिन् । सुरुका दिनमा कसैकसैले उनको काम देखेर नाक खुम्च्याउने गरे पनि व्यवसाय फस्टाउँदै गएपछि अरु पनि यसतर्फ आकर्षित बन्दै आएको रुकाको भनाई छ । उनको यस सेन्टरमा यतिबेला दुई सयभन्द बढी महिलाहरुले सीप सिक्दैछन् । यसै संस्थाबाट सीप सिकेका सरपाडाकी सुमी मड्री, गौरादहकै रिता तिवारी वा मुना कार्कीले अहिले दैनिक राम्रै आम्दानी गरिरहेको बताउँछन् ।

ja 2

‘सुरुका दिनहरुमा संस्था चलाउन समस्या थियो । अहिले केही समस्या छैन’ समूहकी अध्यक्ष गंगा कार्कीले भनिन्– ‘पहिला हामीले गरेका काम देखेर नाक खुम्च्याउनेहरु र राजनीतिको रङ्ग लगाउनेहरुको अहिले सोचमा परिवर्तन भएको छ ।’ महिलाहरु सिर्जनशील हुनु पर्ने रहेछ भनेर जसरी परिवर्तन आएको छ, त्यसै गरी पुरुषहरुमा पनि महिलाले पनि अवसर पाएमा केही गर्न सक्ने रहेछन् भन्ने धारणा हुन थालेको छ ।

सीप भएका महिलाहरुमा एउटै मात्र समस्या रहेको बताउँदै कार्कीले भनिन्– ‘महिलाहरुले घरघरमा बनाएका गमला, डल कुसन, जुत्ता चप्पल, चकलेट, सातु आदिलाई बजारमा लैजान समस्या छ ।’ यी सामग्रीहरुलाई बजारमा पु¥याउन कुनै निकायले चासो देखाइदिएमा झन् आत्मबल बढ्ने उनको बुझाई छ ।

एकल महिला समूह गौरादह नगर सभापति भिमामाया उप्रेती समूहले महिलाहरुको सीप विकास र आत्मनिर्भरताको क्षेत्रमा मात्र नभएर महिला अधिकारको क्षेत्रमा पनि धेरै काम गरेको बताउँछिन् । पछिल्लो समय समूहले किशोरी शिक्षा कार्यक्रम, महिला शसक्तिकरण, जाँड रक्सी न्यूनिकरण, सामुहिक दर खाने, स्वास्थ्य शिविर र महिला सीप प्रदर्शनी जस्ता विभिन्न कार्यक्रम गर्ने गरेको समूहकी सचिव धर्मा ढुङ्गाना बताउँछिन् ।

महिलाहरु बीच बचतको कार्यक्रम ल्याएर शुरु भएको जागरुक महिला समूहले सातु बनाएर व्यवसायमा प्रवेश गरेको थियो । अहिले चकलेट, जुनसुकै बस्तुको पनि डिजाइन, अचार, डल कुसन, सातु, पार्लर, कटिङ, डिजाइन, टप–चुरा, जुत्ता–चप्पल, व्याग–पर्स, गमला, बुटिक, सिसा पेन्टिङ र स्वीटर बुन्न सिकाएर प्रशिक्षकहरु उत्पादन गरेको छ । उनीहरुले प्रशिक्षण दिएवापत दैनिक १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिने गरेको बताए ।

समूहकी अध्यक्ष कार्कीले सबै प्रशिक्षकहरुको सीपलाई एकै थलोमा राखेर भविष्यमा एउटा प्राविधिक शिक्षालय, गार्मेन्ट र घरेलु महिलाहरुको सीपहरुको सपिङ महल चलाउने संस्थाको लक्ष्य रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: