सम्झौता विपरीत उत्खनन् नगर्न सुझाव

  प्रकाशित मिति
५ फाल्गुन २०७६, सोमबार २०:३७


मेचीनगर । मेचीनगर क्षेत्रभित्रका नदीहरुबाट भइरहेको नदीजन्य पदार्थको सङ्कलन तथा विक्रीका बारेमा सोमबार प्रदेशसभा सदस्यसहितको एक टोलीले अनुगमन गर्नुका साथै विविध विषयमा जानकारी लिएको छ ।

१ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला समन्वय समिति झापाका प्रतिनिधि गङ्गा कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललगायतको टोलीले स्थलगत अनुगमन गरेको हो ।

चालु आर्थिक वर्ष २०७६÷०७७ मा मेचीनगर क्षेत्रभित्रका चारवटा नदीको १९ स्थानबाट २ लाख १६ हजार ६ सय ६५ घनमिटर नदीजन्य पदार्थ सङ्कलन तथा विक्री हुने भएको छ ।

मेचीनगर नगरपालिका र श्री विनिता ट्रेड एन्ड सप्लायर्स प्रालिका भीमबहादुर पौडेलबीच आर्थिक वर्ष २०७६÷०७७ मा मेची नगरपालिका भित्रका नदीहरुमा नदीजन्य पदार्थ सङ्कलन तथा विक्रीको ठेक्का व्यवस्थाको कबुलियतनामा सहितको सम्झौता पत्रखण्ड ‘क’ देखि ‘ज’ सम्म रहेको र १ देखि ८ पेज रहेको छ ।

मेचीनगर नगर कार्यपालिकाको कार्यालयबाट आव्हान भएको सार्वजनिक बोलपत्र ई–विडिङ मार्फतबाट अधिकतम् मूल्य अभिवृद्घि कर र अग्रिम आयकर बाहेक ४ करोड ३३ लाख ३३ हजार रुपैयाँ ठेक्का अङ्क रहेको र मङ्सिर २० गतेदेखि ठेक्का अवधि प्रारम्भ भएर २०७७ जेठ १५ वा तोकिएको परिमाण उत्खनन्सम्म जुन पहिला हुन्छ सो समयसम्म मात्र ठेक्का समाप्त हुनेमा दुई पक्षबीच सम्झौता भएको छ ।

मेचीनगर क्षेत्रभित्रका मेची, टिमाइ, हडिया निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदन अनुसार ती स्थानमा प्रतिवेदनमा तोकिएको परिमाणभन्दा बढी नहुने गरी नदीजन्य पदार्थ सङ्कलन तथा विक्री व्यवस्था गर्न ठेक्का बन्दोबस्तको व्यवस्था गरिएको छ ।

दुवै पक्षले सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गरे÷नगरेका विषयमा टोलीले अनुगमन गरेको हो । अनुगमका क्रममा टोलीले सम्झौताभन्दा विपरीत काम नगर्न ठेकदार प्रतिनिधिलाई सुझाव पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: