सम्पदा संरक्षणको महत्व

  प्रकाशित मिति
१६ मंसिर २०७३, बिहीबार १९:३५


bimal 1
विश्वका विभिन्न देशहरुले नेपालको तारिफ गरेको हामी सुन्छौँ । अनि नेपाली भएर जन्मिएकोमा गौरवान्वित हुन्छौँ । हामीलाई गौरवान्वित बनाउने कुरा प्राकृतिक सम्पदाहरू नै हुन् । सम्पदा सभ्यताका परिचायक हुन् । हामीले साधारण ठान्ने गरेका हाम्रा सम्पदाले आश्चर्यजनक शैलीबाट इतिहास र संस्कृतिको सम्झना गराइरहेका हुन्छन् । साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ, मन्दिर, दरबार र मूर्तिलगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन् । यस्ता सभ्यताका धरोहर हाम्रोमात्र नभएर समग्र विश्व सभ्यताकै अमूल्य निधि बन्न पुगेका छन् ।

विश्वका सबै देशहरूले अरु कुरामा जीत हासिल गरेतापनि प्रकृतिले अमूल्य उपहारहरू दिएको देश नेपालका प्राकृतिक सम्पदाहरू माथि भने अझैँ पनि विजयी प्राप्त गर्न सकेको छैनन् । हामीसँग हिमाल, तराई र पहाड छ । यी विभिन्न भूगोलमा भिन्न प्रकारका सौन्दर्यहरू अवस्थित छन् । यहाँ थुप्रै जातजातिका मानिसहरूको वसोवास छ र उनीहरू सबै आफ्नै भाषा, धर्म, संस्कृति र पहिरनमा रमाएर बसेका छन् । जसले गर्दा हाम्रो देशमा भिन्नता छ भन्ने प्रमाणित हुन्छ । यति मात्र नभई विश्वकै सर्वाेच्च शिखर सगरमाथा नेपालमा छ भने संसारकै सानो चरा काँडेभ्याकुर नेपालमा नै पाइन्छ । यसले हाम्रो सौन्दर्यमा थप उज्यालो पु¥याएको छ । सबै कुराबाट धनी देश नेपालमा विभिन्न नदीनाला, पाथिभरादेखि केचना, पूर्वी इलामको चियादेखि पश्चिमको स्याउ, भादगाउँले टोपीदेखि भोजपुरे खुकुरी, दशवटा भन्दा बढी शिखरहरू, वनपाखाहरू, छङछङ गर्ने खोलाहरू आदि छन् । यी हिमालहरू मेचीदेखि महाकालीसम्स शृङ्खलाबद्ध रुपमा नेपालीको चिनारी दिँदै शिर ठाडो पारी उभिएका छन् । बसोबासोमा जसरी भिन्नता छ, त्यसरी नै नेपालको पूर्वदेखि पश्चिमसम्मको माटोको अवस्था यस्तोछ कि यहाँ अनेकौँ किसिमको हावापानी भएकाले विभिन्न प्रकारका खाद्य पदार्थहरुको उत्पादन हुने गर्दछ । यहाँ बाहै्र महिना काम गर्न सकिन्छ । संसारका अनेकौँ देशहरुमा जेजति उत्पादन हुन्छ, थोरबहुत यही भूभागमा उत्पादन हुने गर्दछ । यी सबै कुराको उपस्थितिमा पनि हामी भने अरु देशको तुलनामा कमजोर छौँ । ताकि हामीले हाम्रा सम्पदाहरुको संरक्षण र सबर्धन गरेर पर्यटक आकर्षण गर्न सकेका छैनौँ । यो विडम्वना हो ।

काष्ठकलाका साथसाथै हाम्रा पूर्खाले पाषाण (प्रस्तर) मा कपेका कलाकारिता र खोपेका अभिलेख पक्कै पनि हाम्रा लागि गौरवपूर्ण इतिहास बनेका छन् । छिना र बसिलाको सहायताले पाषाणशीलामा जीवन्त दार्शनिकता भर्नु अहिले पनि हाम्रा लागि कल्पनाभन्दा बाहिरका विषय हुन् भन्नु अत्योक्ति नहोला । तर, आकाश चुम्दै गरेका तले मन्दिरका गजुर, स्तुपाका त्रयोदश भुवन र शिखर शैलीका मन्दिरका शिखरहरुले यहाँको धार्मिकता, दार्शनिकता र सांस्कृतिक चेतनाको सौन्दर्य अभिव्यक्त गरिरहेका छन् । साथै सभ्यताका सर्जक र स्रष्टाहरुको अनन्त साधना अनि धैर्यलाई समेत बोधार्थ गरिरहेका छन् ।

विश्व सम्पदा सूचीमा यसअघि परेका १० वटा धरोहरले पनि प्रष्ट पार्छन् कि नेपाल कति सुन्दर छ भनेर । विश्व क्षेत्रफलको हिसाबले करिब ०.०३ प्रतिसत मात्रै ओगटेको नेपालमा विश्व सम्पदा सूचीमा छानिएका विश्वका ६ सय ३० मध्ये १० वटा नेपालका सम्पदा परेका थिए । हाम्रो देशका प्राचीन सहरहरु र राज्य स्थापनाको आदि कारणमा धार्मिक र पौराणिक आख्यानसमेत गाँसिएर आएका छन् हाम्रा सम्पदाहरुमा । शास्त्रीय र वास्तुदर्शनको आधारबाट निर्मित प्राचीन सहरहरु एकप्रकारले तान्त्रिक साधनाका मण्डलाकार अवधारणमा आविर्भाव भएको मानिन्छ । वैदिक दर्शन र तान्त्रिक विश्वास अनि यसको अभ्यासले समेत सम्पदाको संरचनामा प्रभावकारी भूमिका खेल्यो । आध्यात्मिक र धार्मिक दृष्टिकोणबाट अध्ययन गर्दा हाम्रा सम्पदामा साङ्केतिकरूपमा सम्पूर्ण विश्व ब्रह्माण्डलाई नै अभिव्यक्त गरिएको हुन्छ ।

एउटै मन्दिरमा धर्म र दर्शनको समग्रतालाई अभिव्यक्त गर्न सक्ने हाम्रा अग्रज स्रष्टाहरुको सिर्जनालाई कुनै पनि कोणबाट अवमूल्यन गर्न मिल्दैन । कलाप्रेमी र संस्कृति पुजारीका साधनारत् हस्तशिल्पीहरुले यसै दर्शनको उजागर गरेका छन् । हाम्रा सम्पदा सनातन वैदिक र बौद्ध धर्म र दर्शनका प्रतिकात्मक चिन्तनका अभिव्यक्ति हुन् । साथसाथै यहाँको प्रकृतिपूजक जाति र तिनका चेतनाले समेत यहाँको सम्पदाको संरचनामा विशेष योगदान दिएको पाइन्छ । ब्राम्ह्ण, खस आर्य, कोच, सन्थाल र मङ्गोलियन मूलका भनी स्वीकार गरिएका यहाँका आदिवासी र जनजातिबिचको धार्मिक समन्वयबाट नेपाली सभ्यताले निश्चित आकार ग्रहण गरेको पाइन्छ । यस प्रकारको सांस्कृतिक ऐकीभावको भावार्थ हाम्रा सम्पदामा अभिव्यक्त भएकै छन् । त्यसो त सम्पदाहरुमा मात्र होइन कि यहाँका कथा, लोककथा, अनुस्रुति, आदिम विश्वास र आख्यानहरुमा समेत आफ्ना जातजातिको गौरवपूर्ण इतिहास र विशेष गरी हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित समन्वयात्मक दर्शनलाई व्यक्त गर्ने किम्वदन्तीहरु सुन्न पाइन्छन् । नदी, खोला र झरनाहरुले गर्दा यसभूभागलाई प्रकृतिको देनको रुपमा लिइन्छ । नेपाल पानी नै पानीको देश हो । नेपालको पानीलाई राम्ररी सिँचाई र विद्युत उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुन सक्दछ । नेपालको पानीबाट ८ करोड किलोवाटभन्दा बढी विद्युत उत्पादन गरेर आफ्नो देश र छिमेकी देशहरुमा हरभरा बनाउन सकिन्छ ।

ऊर्वराभूमि, सन्तुलित वातावरण र सुरक्षात्मक पहाडी किल्लाले समेत नेपाल सभ्यताको निर्माणमा विशेष योगदान दिएको मानिन्छ । यहीँका रैथाने आदिवासी र विभिन्न देशवाट बसाइँ सरी आउने आगन्तुकबिचको सहिष्णु सांस्कृतिक सम्बन्धले समेत नेपालको सम्पदाको सिर्जनामा समन्वयात्मक दर्शनको छाप प¥यो । नेपालको हिमाली भेग, तराई र पहाडका केही ठाउँमा ऐतिहासिक संस्कृतिका केही उपकरण प्राप्त भएको अन्वेषक बताउँछन् । मिथकीय अनुश्रुतीहरुमा जनक सभ्यताको स्वर्णिम अध्यायको कल्पना गर्न सकिन्छ भने अर्काेतिर लुम्बिनी र कपिलवस्तु जस्ता पुरातात्विक क्षेत्रहरुमा बौद्धकालीन सभ्यताको साथसाथै यसभन्दा पहिले १३ औँ शताब्दी ईशापूर्वका मानव सभ्यताको पाइला परेको तथ्य अन्वेषकहरुले उल्लेख गरेका छन् ।

राष्ट्रियता भन्ने कुरा अर्काेले बचाइदिने होइन, आफँैले बचाउने कुरा हो । अर्काेले सहयोग दिन सक्छ तर बचाइदिँदैन । नेपाल अहिले गरीब छ किनकि हामी नेपालीले नै नेपाललाई प्रकृतिले दिएका मौलिक स्रोत र सम्पदाहरुलाई योजनाबद्धरुपले परिचालन गर्न ढिला गरिरहेका छौँ । सामाजिक अगुवा र सरकारको नेतृत्व गर्ने राजनीतिक दलहरुको ध्यान यहाँ केन्द्रित हुन आवश्यक छ । राष्ट्रियताप्रति मानिसको झुकाव घट्दै गयो भने देशभित्र नैतिकताको ह्रास आउँछ, धर्म संस्कृतिमा विवाद उठ्न थाल्छ, अराजकता बढ्छ । नेपाल अहिले सङ्कटमा छ । नेपालमा राजनीतिक नेताहरु राष्ट्रियताप्रति संवेदनशील हुन नसकेकाले नै नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानहरु विवादमा परेका छन् । स्वदेश तथा विदेशमा बसेका नेपालीले आफनो मातृभूमिको रक्षार्थ संवेदनशील भएर अगाडि बढ्नु पर्ने बेला छ । राजनीतिक विवादका कारणले नेपाली राष्ट्रियता र पहिचानको चिरहरण हुनुहुन्न ।
दmििबmष्अजजबलभ२ नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: