सम्पर्कविहीन नेता भण्डारीको खोजी सुरु

  प्रकाशित मिति
५ पुष २०७५, बिहीबार ०९:१४


मेचीनगर । नेकपा मेचीनगरका नेता दिपक भण्डारी बुधवार विहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु भएको छ ।

मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधवार विहान करीव साढे ९ बजेदेखि सम्पर्कविहीन रहेका छन् ।

बुधवार विहान साढे नौ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्केपछि सम्पर्कविहीन अवस्था रहेको उनकी पत्नी गीता भण्डारीले बताइन् ।

नेकपा नेता भण्डारीले प्रयोग गर्ने मोटरसाइकल र दुई थान मोबाइल घरमै छन् ।

तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसीजको पूर्व अध्यक्ष, हिमालयन मल्टिपल कलेजको निर्देशक लगायत थुपै्र जिम्मेवारीमा रहेका भण्डारीको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बुधवार विहान ८ बजेतिर घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा भेट भएको कलेजका सञ्चालक भाष्कर निरौला बताउँछन् ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोवाइलको कल डिटेल लिने र उनीसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: