सम्पादकलाई भूइँचालोको चिठी

  प्रकाशित मिति
१२ बैशाख २०७३, आईतवार ०४:२१


mohan kazi 1तिमीले किन मैलाई खोज्यौ ?

प्रिय सम्पादक,

रतीको निकैमुनि गहिराइमा भक्भकी उम्लिरहेको लाभामाथि तैरिएर तिमीलाई यो पत्र कोरिरहेको छु । आशा छ, लोकतन्त्र पोस्टको कुनामा कतै यसले स्थान पाउने छ । अचेल कता छु, कता जाँदैछु र कहिले भेटघाट गर्न आउने होला भनेर मलाई कृपया नसोध । सृष्टिको जुन नियममा तिमीहरू चलेका छौँ, म पनि उही नियमले बाँधिएको छु । मेरा सबै यात्रा र गन्तव्यहरू नियमित तर आकस्मिक हुन्छन् ।

क वर्ष अघिको बैशाख १२ गतेतिर केही छिन फर्की हेर । शनिवारको दिन थियो । काँकरभिट्टाको भट्टराई चोक नजिकै रोशन अग्रवालको चार तले पक्की घरको दोस्रो तलामा तिम्रो लोकतन्त्र पोस्टको कार्यालय थियो । मलाई पलपलको सम्झना छ । तिमी त्यो दिन विहान ७ बजे अघि नै अफिस गएका थियौँ । धुलावारीदेखि काँकरभिट्टासम्मको मोटरसाइकल यात्रामा मानिसहरू एकतमासले आफ्नो काममा जुटिरहेका, हिडिरहेका देखेका थियौँ । सबैथोक उस्तै लागेका थिए, जो पहिलेका दिनमा पनि तिमीलाई लाग्थे ।

तिमीले कार्यालय भवनको विस्तारै भर्याङ चढ्दा दायाँवायाँ हेर्दैथियौँ–सबै ठिकठाक थिए । ढोका घरक्क उघार्यौँ र भित्र टेबलमा पुग्यौँ । ल्यापटपमा तिमी लेख्न थालिसकेका थियौँ । तिमीले भोलि अर्थात बैशाख १३ गतेको अङ्कलाई ‘भूइँचालो विशेषाङ्क’ बनाउने निधो गर्यौँ । बैशाख ११ गते लोकतन्त्र दिवस थियो, १२ गते शनिवार साहित्यिक विशेषाङ्क प्रकाशित भएकै थियो । तिमीले किन १३ गते भूइँचालो विशेषाङ्क प्रकाशित गर्ने निधो गर्यौँ ? के तिमीलाई बैशाख १२ गते कुनै भूइँचालो आउँछ भन्ने पूर्वाभाष थियो ?

तिम्रो ल्यापटपको घडीमा ८ बज्न लागेको थियो । गुगल सर्च गरेर तिमी नेपाल भूइँचालोको कस्तो जोखिममा छ भन्ने विज्ञहरूको लेख कपी गरिरहेका थियौँ । अहिलेसम्मका अर्थात वि.सं.१२१८ देखि वि.सं.२०६८ सम्मका भूइँचालोको इतिहास र विनासको इतिहास तिमी खोजिरहेका थियौँ । ‘भूइँचालो आइहाले यसो गरौँ’ भनेर भर्याङतिर नदौडिने, टेवल वा खाटमुनि लुक्ने, पिलर वा गारो नजिक नबस्ने, सडक र चौरको खुला भागमा जाने, ग्यास चुलो नजिक नबस्ने, रेडियो सुन्ने, टाउको सुरक्षित राख्ने, हल्लाको पछि नलाग्ने आदि सुरक्षात्मक उपाय पनि तिमी लेखिरहेका थियौँ । ‘नबोली नसोधी आउने विपत्ति’ शीर्षकको रमा पोखरेलको लेख पनि तिमीले गुगलबाट सर्च गरेर सम्पादन गरिसकेका थियौँ ।

खिर तिमीले किन ती समाचार र लेख खोज्यौँ ? विश्वका १० ठूला भूइँचालो भन्दै चिलीदेखि इक्वेडरसम्मका विवरण तिमीले खोजेका थियौँ । कसरी जोगिने भनेर विजुलीका मेन स्वीच अफ गरिएको, विद्यार्थीहरू टेबलमुनि लुकेको र सडकमा विजुलीका पोल र घरहरू भत्किदै गरेको तस्वीर पनि तिमीले गुगलबाट निकालेका थियौँ । त्यो विहानको तिम्रो अनौठौ जाँगर देखेर म अहिले पनि छक्क परिरहेको छु । लु मलाई भन त–विना सन्दर्भ, विना प्रसङ्ग तिमीलाई कुन इन्द्रिय शक्तिले भूइँचालो बारे विशेषाङ्क प्रकाशित गर्न अराएको थियो ?

त्यो विहान तिमी खाना खान पनि घर गएनौँ । भूइँचालो सम्बन्धी विशेष लेख रचना सम्पादन गरिसक्दा १० बजे वितिसकेको पत्तो पाएनौँ । सम्पादित सामग्रीलाई ‘भित्री पेज मेटर’ भन्दै वि.सं. २०७२ बैशाख १२ गते अर्थात तदनुसार २५ अप्रिल २०१५ शनिवार विहान १०ः४७ बजे तिमीले भाषा सम्पादक दामोदर ढुङ्गेललाई विद्युतीय हुलाकबाट जीमेल गरेका थियौँ । तिम्रो पत्रिकामा सबै सामग्री एकपटक भाषा सम्पादकले शुद्धाशुद्धि हेर्ने चलन भएकाले दामोदरजीलाई जीमेल गरेका थियौँ ।

तिमीले भोलि प्रकाशित गर्नका लागि नियमित तयारीकै सन्दर्भमा लेख रचना छनौट गर्नु र त्यसको सम्पादन गर्नु स्वाभाविक नै थियो । कुन उद्देश्यले ती भूइँचालो सम्बन्धी लेख रचना छनौट गर्यौँ, तिमीलाई नै थाहा होला । तर कल्पना गरिहेर–तिम्रा ती लेख प्रकाशित भएर पाठकका हातमा पुगिसकेपछिको केही बेरमा मैले धरती हल्लाएको भए जोगिनका लागि धेरैले तिम्रो पत्रिकाको लेख सम्झन्थे ।

सो पनि हुन सक्थ्यो–तिम्रो पत्रिका पढ्नासाथ मानिसहरू भूइँचालो बारे सचेत भएर बस्ने थिए । अपनाउनु पर्ने होशियारीका विषयमा सोचविचार गर्थे होलान् । तसर्थ तिमीले तयार पारेको खुराकको भ्यालु बढी नै थियो भन्ने मेरो पनि ठम्याइ छ । सायद म एक दिन ढिलो जानु पथ्र्यो तिम्रो पत्रिकाका लागि । विधिले तोकिसकेको समय म कहाँ टार्न सक्थेँ र, त्यसैले म तिम्रो पत्रिकामा भोलिपल्ट प्रकाशित हुने हजारौँ मेगा पावर भ्यालु भएका सामग्रीलाई वेवास्ता गर्दै म बारपाकबाट निस्कनै पर्यो ।

अँ, म अघि लेख्दै थिए नि, तिमीले मेरै विषयमा लेखिएका रचनाहरू २०७२ साल बैशाख १२ गते शनिवार विहान १०ः४७ बजे दामोदर सरलाई जीमेल गरेका थियौँ । त्यसको करीव एक घण्टापछि के भयो सम्झ त ? नेपाली घडी अनुसार ११ः५६ बजे म गोरखाको बारपाकबाट निस्किए ७ दशमलव ८ रेक्टर स्केलको तरङ्गसहित । देखिरहेको थिएँ, जब मैले लोकतन्त्र रहेको भवनलाई पिङ जसरी हल्लाएँ, तिमी टेबलमुनि लुकिरहेका थियौँ । पर्वतजी, अम्बिकाजी, कृष्ण सिञ्जालीजी, सजितजी लगायतका साथीहरूलाई तिमी सम्झाइरहेका थियौँ–भर्याङतिर नदौड, टेवलमुनि लुक, पिलर नजिक नबस, टाउको जोगाउ ! मलाई राम्ररी थाहा छ, तिमीले यी सन्देशहरू एक घण्टा अघि जीमेल गरेको लेखबाटै थाहा पाएका थियौँ ।

प्रिय मोहनजी,
बैशाख १२ को मेरो कम्पनसँग जोडिएको यो तिम्रो संस्मरण मैले सार्वजनिक गरिदिएकोमा पक्कै धन्यवाद दिन्छौ होला । तर यी कुराहरू दामोदर ढुङ्गेल, सन्तोष आचार्य, पर्वत पोर्तेल, पुण्यप्रसाद खरेल, लक्ष्मी उप्रेती, कृष्ण सिञ्जाली, अम्बिका भण्डारी र सजित महतो बाहेकका साथीहरूले नपत्याउन पनि सक्छन् । हावादारी वा काल्पनिक भन्लान्, आत्मप्रशंसा ठान्लान् । संयोग नै सही, यो एउटा तिम्रो पत्रकारिता जीवनको रोमाञ्चक संस्मरण थियो । तिमीले प्रमाणका लागि जीमेलमा गएर ‘२५ अप्रिल २०१५’ को सेन्डिङ फाइलहरू वा दामोदर ढुङ्गेलको जीमेल बक्समा रिसिभिङ फाइलहरू सर्च गर्न सक्छौँ । त्यहाँ तिमीले विहान १०ः४७ मा सेन्ड गरेको र रिसिभ गरेको एकुरेड प्रमाण भेट्नेछौँ ।

जाँदाजाँदै,
त वर्षको ‘बैशाख १२’मा जसरी नै मेरो कम्पन दोहोरियोस् भन्ने चाहना कसैको पनि छैन होला । वि.सं. १९९० साल माघ २ गतेभन्दा अघि पनि कैयन पटक मैले हलचल मच्चाएको थिएँ, तर नेपाली इतिहासले तिनको लेखाजोखा राख्न सकेन । २०४५ साल भदौ ५ गते र २०६८ साल असोज १ गतेपछि फेरि २०७२ साल बैशाख १२ गते मैले सबैको मन मथिङ्गल हल्लाए । आशा गर्दछु अब सबै नेपालीले मेरो आगमनलाई स्वाभाविक र त्रासविहीन ढङ्गले स्वीकार्ने छन् ।

म विनास निम्त्याएको आरोप ममाथि लगाइने गरिएको छ । म त प्रकृतिको एउटा नियमित प्रव्रिmयामा हलचल गरिरहन्छु, मलाई कसैले रोक्न र छेक्न सक्दैन । सत्य के हो भने म आफैले कसैको विनास गरेको छैन । नेपालमै पनि बैशाख १२ गतेको मेरो आगमनमा १० हजार मानिसले ज्यान गुमाएका छन् । म ती सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । जति पनि मृत्यु र क्षति भएको छ, त्यसमा मानिसले बनाएको कमजोर संरचना नै दोषी छ । घर कमजोर बनाएपछि लड्छ नै । घर लडेपछि किच्छ नै । किचेपछि घाइते हुने र मृत्यु हुने जोखिम बढ्ने नै भयो । के यसमा म दोषी छु कि मानिसले नै बनाएका कमजोर भौतिक संरचना दोषी छन् ? एकपटक गहिरिएर सोच्न मेरो आग्रह छ ।

उटा कुरामा ढुक्क होेऊ–नेपाल मेरो हिडिरहने मूल बाटोमै पर्छ । कहिले बारपाक हुँदै आसामसम्म, कहिले सिक्किम हुँदै म्याम्मारसम्म मैले हलचल गरिरहनु पर्छ । कहिले कता कहिले कता गर्दै म ठाउँ फेर्नेछु, तर निश्चित भए हुन्छ–म आइरहनेछु, गइरहनेछु । तिमी सजग रहनु, तिमीहरू नडराउनु !

उही तिम्रो नसोधी आउने पाहुना
‘भूइँचालो’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: