झापा । प्रेस चौतारी झापाका निवर्तमान अध्यक्ष तथा साझामञ्च डटकम र साझामञ्च मासिक पत्रिकाका प्रधान सम्पादक गोपाल काफ्लेलाई मातृशोक परेको छ ।
सम्पादक काफ्लेकी ममतामयी माता भगिरथा काफ्लेको आइबार विहान ५ बजे ७० बर्षको उमेरमा निजी निवास बाहुनगाँगी– ५ निरगञ्जमा निधन भएको छ ।
माता काफ्लेको व्लड क्यान्सरका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको आइतबारै स्थानीय सुके नन्दा नदीमा दाहसंस्कार समेत गरिएको छ ।
मृतक काफ्लेका चार छोराहरु गोपाल, पर्शुराम, गुरुप्रसाद र जीवन काफ्ले रहेका छन् भने छोरीहरु टिकादेवी, मालती, रुपा रहेका छन् ।