सम्पादक गौतमलाई टिका–रत्न पुरस्कार

  प्रकाशित मिति
११ फाल्गुन २०७२, मंगलवार १३:५६


rajendra goutam

बिर्तामोड । इडन गार्डेन अङ्ग्रेजी आवासीय विद्यालय बिर्तामोडले मङ्गलबार प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमलाई पुरस्कृत गरेको छ ।

स्वतन्त्र र निष्पक्ष पत्रकारितामार्फत् शैक्षिक उन्नयन र समाजमा पु¥याएको योगदानको कदर गर्दै इडनले उनलाई टिका–रत्न पुरस्कार प्रदान गरेको हो । यसै वर्षदेखि स्थापित ११ हजार राशिको उक्त पुरस्कार गौतमलाई पहिलो पटक प्रदान गरिएको हो । इडन गार्डेनका संस्थापक प्रिन्सिपल मोहन आचार्यले आफ्ना स्व. बुबा टिकाप्रसाद र आमा रत्नकलाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

विद्यालयको २७ औँ वार्षिकोत्सवमा एन–प्याब्सन झापा उपाध्यक्ष पेम्बा लामा, सचिव अग्निप्रसाद कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तप्रसाद काफ्ले र दाता आचार्यले संयुक्त रुपमा सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन् । दस महिनाअघि उक्त विद्यालयको स्वामित्व ग्रहण गरेका आचार्यले यसअघि भानुरत्न पुरस्कार समेत स्थापना गरेका छन् । सो पुरस्कारको राशि पनि ११ हजार नै छ ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न वार्षिकोत्स्वमा उक्त विद्यालयबाट एसएलसी परीक्षा २०७१ मा सर्वोत्कृष्ट अङ्क ल्याउने सुवास दाहाललाई नगद ५ हजार पुरस्कार दिइयो । सो पुरस्कार सुवासका दाइ सरोजलाई हस्तान्तण गरियो । विव्यस अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल आचार्यले विद्यालयले १० महिनामा गरेको प्रगति र भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।

जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्ट, अभिभावकद्वय गङ्गा प्रसाईं र भवानीप्रसाद दङ्गाल, विशिष्ट अतिथिहरु लामा, कोइराला लगायतले बोलेका थिए । विभिन्न जातीय संस्कृति, साना बालबालिकाले राइम्स प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शिक्षकद्वय रोहित पोद्दार, सेवन्ता निरौला तथा विद्यार्थीद्वय विन्दु चौहान र अनुप बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: