विर्तामोड । जयन्द्र प्रसाईँ साहित्य सेवा कोषले मङ्गलबार दुई साहित्यकारसहित लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक अम्बिका भण्डारीलाई पुरस्कृत गरेको छ ।
कोषले उत्कृष्ट कृति वापत सिलगढीका साहित्यकार लोकनाथ उपाध्याय चापागाई, दीर्घ साहित्यसेवी पुरस्कारबाट साहित्यकार तेजराज खतिवडा र धनमाया सव्रिmय महिला पत्रकारिता पुरस्कारबाट भण्डारीलाई एक कार्यव्रmमका बीच पुरस्कृत गरेको हो ।
कार्यव्रmमका प्रमुख अतिथि तथा साहित्यकार दधिराज सुवेदीले चापागाई र खतिवडालाई नगद १५ हजार १ सय ११ रुपैयाँ र पत्रकार भण्डारीलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
धनमाया सव्रिmय महिला पत्रकारिता पुरस्कारबाट यस अघि इन्दु पूर्वेली, भिमा शिवाकोटी, रेजिना रोदन, सुशीला सङ्ग्रौला र माया पकुवाल पुरस्कृत भइरहेका छन् ।
कार्यव्रmममा प्राज्ञ विवश पोखरेल, झर्रोबादी भाषाविद् चुडामणि रेग्मी, कोषका संरक्षक तथा पूर्व मन्त्री खगेन्द्र प्रसाई, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, बरिष्ठ साहित्यकारहरु युवराज काफ्ले, रोहिणीविलास लुईँटेल, मुक्ति उपाध्याय, लोकनाथ चापागाई, तेजराज खतिवडा र अम्बिका भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यव्रmममा पुरस्कृत व्यक्तित्वहरु चापागाईका बारेमा कोमलप्रसाद पोखरेल, खतिवडाको पुण्यप्रसाद खरेल र भण्डारीको रेजिना रोदनले जीवनीबारे चर्चा गरेका थिए ।
कार्यव्रmममा ज्येष्ठ नागरिकका रुपमा ९४ बर्षीय पर्शुराम ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनको बारेमा साहित्यकार विष्णुकुमार भट्टराईले चर्चा गरेका थिए ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा महासचिव छविलाल खतिवडाले स्वागत गरेका थिए भने सञ्चालन राजेन्द्र प्रसाईले गरेका थिए ।
अध्यक्ष प्रसाईले आफू साहित्यको सेवक भएको बताएका थिए । उनैले आफ्ना माता पिताको स्मृतिमा सेवा कोष स्थापना गरेका हुन् ।