सम्बन्धन दिने तयारीको विरोध

  प्रकाशित मिति
४ कार्तिक २०७३, बिहीबार १२:१५


झापा । अनसनबाट चर्चित बनेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले ‘नयाँ मेडिकल कलेज’लाई सरकारले सम्बन्धन लागिरहेको सूचना पाएको भन्दै त्यसको विरोध गरेका छन् ।

डा. केसीले बुधवार विज्ञप्ति नै जारी गरी कुनै हालतमा निजी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नहुने माग गरेका छन् ।

स्रोतका अनुसार सरकारले झापाको बीएन्डसी मेडिकल कलेजलाई उसले पूरा गरेको विभिन्न मापदण्डका आधारमा विस्तारित कलेजको रुपमा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन दिने तयारी गरिरहेको छ ।

डा. केसी नयाँ चिकित्सा ऐन नआउञ्जेल कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने अडानमा छन् । उनले बीएन्डसी मेडिकल कलेजको नाम भने विज्ञप्तिमा सीधै उल्लेख गरेका छैनन् । उनले बीएन्डसीलाई लक्षित गरी ‘एउटा नयाँ निजी मेडिकल कलेज’ मात्र भनेका छन् ।

‘एउटा निजी मेडिकल कलेजलाई षडयन्त्रपूर्वक विस्तारित कार्यक्रम भन्ने चोर बाटोबाट सम्बन्धन दिन अन्तिम तयारी भइरहेको सूचना हामीलाई प्राप्त भएको छ’–डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सत्याग्रहका क्रममा विभिन्न समयमा भएका सम्झौताविपरीत त्यसो गरिए प्रतिवाद गरिने विज्ञप्तिमा उल्लेख छ ।

‘औपचारिक रुपमा हामीसँग भएका सम्झौता कार्यान्वयन गर्ने बचन दिइरहेको राज्यले यस्तो छलछाम गर्नु दुर्भाग्यपूर्ण कुरा हो’, विज्ञप्तिमा भनिएको छ–‘एउटा कुरा याद रहोस्, त्यसो हुन दिइने छैन ।’

सरकारलाई विज्ञप्तिमार्फत केसीले चिकित्सा शिक्षा ऐन जारी नहुन्जेल सम्बन्धन, विस्तारित कार्यक्रम वा प्रतिष्ठान कुनै पनि बहानामा कुनै पनि नयाँ मेडिकल शिक्षण संस्था आउन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: