सम्बन्धन नपाएकै कारण इन्जिनियरिङ कलेज अलपत्र

  प्रकाशित मिति
२४ असार २०७३, शुक्रबार १०:४०


btm collage

बिर्तामो‌ड । पूर्वाञ्चल विश्वविद्यालयले‌ सम्बन्धन नदिँदा चार‌ वर्षअघि भौ‌तिक संर‌चना निर्माण भइसके‌को‌ यहाँको‌ एक इञ्जिनियरि‌ङ कले‌ज अझै‌ सञ्चालनमा आउन सके‌को‌ छै‌न । एक बिगाह तीन कठ्ठा क्षे‌त्रफलमा निर्माण भएको‌ पाथीभर‌ा से‌न्टर‌ फर‌ एड्भान्स स्टडिज प्रालि सम्बन्धन नपाएकै‌ कार‌ण सञ्चालनमा आउन नसके‌को‌ हो‌ ।

बिर्तामो‌डस्थित टे‌कबहादुर‌ गिर‌ी बसपार्क नजिकै‌ र‌हे‌को‌ कले‌जको‌ भौ‌तिक पूर्वाधार‌ निर्माण कार्य २०७० सालमै‌ पूर‌ा भइसके‌को‌ छ । करि‌ब १६ कर‌ो‌ड रुपै‌याँको‌ लागतमा निर्माण भएको‌ कले‌जमा ३६ वटा को‌ठा र‌हे‌का छन् ।

शै‌क्षिक सत्र २०६९÷०७० दे‌खि पठन–पाठन सुरु गनेर्‌ लक्ष्य अनुसार‌ पूर्वाधार‌ निर्माण भए पनि सम्बन्धन नपाउँदा कले‌जको‌ भौ‌तिक संर‌चना अलपत्र भएको‌ सञ्चालकले‌ बताएका छन् । सिभिल, कम्प्युटर‌ र‌ इले‌क्ट्रो‌निक इञ्जिनियरि‌ङ तीन वटै‌ विधाको‌ अध्ययन–अध्यापन गर‌ाउने‌ लक्ष्यले‌ कले‌ज स्थापना गरि‌एको‌ कले‌जका संस्थापक अध्यक्ष युवर‌ाज प्रसाईंले‌ बताए । ‘हामीले‌ ०७० भदौ‌दे‌खि भर्ना लिएर‌ मङ्सिर‌बाट कक्षा सञ्चालन गनेर्‌ गर‌ी द्रुतगतिमा भौ‌तिक पूर्वाधार‌ निर्माण गर‌्यौ‌ँ,’ उनले‌ भने‌, ‘विश्वविद्यालयको‌ आन्तरि‌क समस्याका कार‌ण सम्बन्धन दिने‌ काम बन्द गर्दा हामी मार‌मा पर‌े‌का छौ‌ँ ।’

दशजो‌ड दुई पास गर‌े‌का विद्यार्थीलाई गुणस्तर‌ीय शिक्षा प्रदान गनेर्‌ उद्दे‌श्यले‌ कले‌ज स्थापना गरि‌एको‌ प्रसाईंको‌ कथन छ । एउटा शै‌क्षिक सत्रमा प्रत्ये‌क समूहमा ४८ जनाको‌ सीट र‌हने‌ र‌ चार‌ वषेर्‌ को‌र्ष पूर‌ा गर्न करि‌ब ६ लाख रुपै‌याँ लाग्ने‌ सञ्चालक बताउँछन् । ‘शै‌क्षिक क्षे‌त्रमा विदे‌शिएको‌ पै‌सा र‌ो‌क्न र‌ विद्यार्थीलाई सहजरुपमा पठन–पाठन गर‌ाउन कले‌ज सञ्चालन गर्न लागे‌का हौ‌ँ,’ उनले‌ भने‌, ‘आन्तरि‌क समस्याले‌ विश्वविद्यालयले‌ सम्बन्धन र‌ो‌क्दा हाम्रो‌ लगानी बालुवामा पानीसर‌ह भयो‌ ।’ कले‌ज सञ्चालनमा ढिलाई हुँदा भौ‌तिक संर‌चना बिग्रन थाले‌को‌ उनले‌ बताए ।

विश्वविद्यालयले‌ सम्बन्धन नदिएसम्म सञ्चालन गर्न नमिल्ने‌ प्रस्ट्याउँदै‌ उनले‌ भने‌, ‘कर‌ो‌डौ‌ँको‌ लगानीमा मे‌ची अञ्चलमै‌ पहिलो‌ पटक इञ्जिनियरि‌ङ कले‌ज सञ्चालन गनेर्‌ हाम्रो‌ यो‌जना अलपत्र बन्यो‌ ।’ इञ्जिनियरि‌ङ काउन्सिलले‌ दुई वर्षअघि नै‌ सञ्चालनका लागि स्वीकृति दिए पनि पूर्वाञ्चल विश्वविद्यालयले‌ सम्बन्धन नदिँदा कले‌जको‌ सञ्चालनमा आउन नसके‌को‌ हो‌ ।

कले‌ज सञ्चालनमा आए झापा लगायत इलाम, पाँचथर‌, ताप्ले‌जुङ लगायत क्षे‌त्रका विद्यार्थीले‌ सहजरुपमा पठन–पाठन गर्न पाउने‌ सञ्चालकहरुले‌ बताएका छन् ।

चार‌ वर्षअघि स्थानीय चार‌ जना शिक्षासे‌वीको‌ पहलमा कले‌जको‌ भौ‌तिक संर‌चना निर्माण भएको‌ थियो‌ । निर्माण कार्य सम्पन्न भइसके‌को‌ चार‌ वर्ष बित्दा पनि कले‌ज सञ्चालन हुन नसक्दा भवनका झ्याल, ढो‌का लगायत उपकर‌णमा खिया लाग्न थाले‌को‌ सञ्चालकहरु बताउँछन् ।

‘शै‌क्षिक क्षे‌त्रमा लगानी गर‌े‌र‌ गल्ती गरि‌एछ भन्ने‌ महसुस हुन थाले‌को‌ छ’, संस्थापक अध्यक्ष प्रसाईंले‌ भने‌, ‘र‌ाज्यले‌ गनेर्‌ काम निजी क्षे‌त्रबाट गनेर्‌ प्रयत्न गर‌े‌का थियौ‌ँ । तर‌, अहिले‌ आफै‌ँ अप्ठ्यार‌ो‌मा पर‌्यौ‌ँ ।’

पूर्वाञ्चल विश्वविद्यालयले‌ सम्बन्धनका लागि विभिन्न सङ्काय अन्तर्गत अलग–अलग शै‌क्षिक कार्यक्रम सञ्चालनका लागि ६ सय बढी शै‌क्षिक संस्थाको‌ निवे‌दन पर‌े‌को‌ जनाएको‌ छ । विश्व विद्यालयका एक अधिकार‌ीले‌ नाम उल्ले‌ख नगनेर्‌ सर्तमा भने‌, ‘विश्वविद्यालयका र‌जिष्ट्रार‌, उपकुलपति लगायतलाई सम्बन्धन दिने‌ र‌ भौ‌तिक पूर्वाधार‌ निर्माणमा भ्रष्टाचार‌ गर‌े‌को‌ आर‌ो‌पमा मुद्दा पर‌े‌पछि बन्द भएको‌ सम्बन्धन दिने‌ काम अझै‌ बन्द छ ।’

२०७० माघबाट सम्बन्धन दिने‌ काम बन्द हुँदा नयाँ शै‌क्षिक कार्यक्रम सबै‌तिर‌ प्रभावित भएको‌ छ । विश्वविद्यालय स्रो‌तका अनुसार‌ अख्तियार‌ले‌ ‘क्लिनचिट’ नदिएसम्म सम्बन्धन दिने‌ काम हुँदै‌न ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: