सम्वाद समूहले गरेको कार्य अनुकरणीय

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार ११:४९


बिर्तामोड । जिल्लामा उत्पन्न भएका र हुने विवाद र द्वन्द्वहरुको सन्र्दभमा झापाका नागरिक समाज र राजनीतिक दलका नेतृत्वहरुले विश्लेष तथा पहिचान गरेका छन् ।

सम्वाद समूह सचिवालय झापाको संयोजनमा वुधवार भएको छुट्टाछुट्टै कार्यक्रममा उक्त कुराको विश्लेषण तथा पहिचान गरिएको हो ।
छलफलमा सम्वाद समूह सचिवालयले विगत ४ वर्षदेखि द्वन्द्व न्यूनीकरण र रुपान्तरणका लागि खेलेको भूमिका सराहनीय रहेको औल्याउँदै दलहरु बीचमा सम्वादको संस्कृति विकास गर्न सचिवालयले गरेको प्रयास अनुकरणीय रहेको बताइएको छ ।

यस क्षेत्रमा संविधानको कार्यान्वयनको सिलसिलामा सिमाङ्कन, नामाङ्कन, पहिचान अस्तित्वका मुद्दाहरु, प्रकृतिक श्रोत माथिको पहुँच लगायतका द्वन्द्वहरु उठ्न सक्ने छलछलका सहभागीले बताएका थिए ।

त्यसैगरी स्थानीयस्तरमा उद्योग प्रतिष्ठानका मालिक र मजदुर वीचको द्वन्द्व, हरियो चिया पत्तिको मूल्य विवाद, दण्ड हिनता, नगरपालिकाको फोहोर मैला व्यवस्थापन, खुल्ला सिमानाका कारण हुने तस्करी, वैदेशिक रोजगारीका कारण समाजमा सुसुप्त रुपमा रहेको द्वन्द्वले यस क्षेत्रको शान्ति सुरक्षामा असर पारी सद्भाव भड्कन सक्ने वैठकले निष्कर्ष निकालेको छ ।

छलफलमा नेपाली काग्रेसका नेता देउमान थावे, तमलोपाका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी, शान्ति समिति संयोजक सूर्यनारायण गणेश, नेकपा एमालेका नेता कुन्दन भट्टराई, महिला नेतृद्वय जसमाया गजमेर, संगीता रौनियाले वोलेका थिए ।

त्यस्तै एकीकृत नेकपा माओवादीका सिपी कडरिया, नेपाल रेटक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, मानव अधिकारी कर्मी रुपक खनाल , अघिवत्ता नारायण प्रसाद पौड्याल, कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई, सञ्चार उद्यमी कुमार भट्टराई, एकीकृत नेकपा माओवादीका बिर्तामोड नगर इञ्चार्ज अरुण श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय सम्वाद टिमकी सुमिना कार्कीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: