‘सय दिन’मै प्रिय बन्यो ‘इजलास’

  प्रकाशित मिति
११ श्रावण २०७४, बुधबार १३:५५


ijalas 2विर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिकले सय अङ्क पूरा गरेको उपलक्ष्यमा मङ्गलवार यहाँ ‘समृद्धिका लागि सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

रोयल व्याङ्केटमा भएको कार्यक्रममा जिल्लाका सञ्चार, स्वास्थ्य, राजनीति लगायतका विभिन्न क्षेत्रका हस्तीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले जिल्लाको कान्छो दैनिक भएर पनि इजलासले सय दिनमै चखिलो पत्रकारिता गरेको र आम पाठकमाझ छुट्टै प्रभाव छाड्न सफल भएको धारणा व्यक्त गरेका थिए ।

इजलास दैनिकको बारेमा वक्ताहरुले सय दिनमै एक वर्षको जत्तिकै प्रभाव देखाउन सकेको, सामाजिक उत्तरदायित्व वहनमा अगाडि रहेको, समाचारको सन्तुलनमा ध्यान दिएको, वितरणलाई जिल्लाव्यापी बनाएको, समाचारमा विविधता देखिएको, खोजमूलक समाचारमा ध्यान दिएको लगायतका पत्रिकाका सकारात्मक पक्षको चर्चा गरेका थिए ।

पत्रिकाको प्रकाशक टाइम्स मिडिया नेटवर्क प्रालिका सदस्य युवराज काफ्लेको सभापतित्व र सम्पादक प्रदीप परियारको सञ्चालनमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिन्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया प्रमुख अतिथि, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटुवाल र वीएन्डी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँ विशेष अतिथि थिए ।

ijalas 3कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिसहित बानका उपाध्यक्ष कुमार भट्टराई, विर्ता जेसीजका पूर्व अध्यक्ष भेषराज भण्डारी, मेची औषधि व्यवसायी सङ्घका ओम खड्का, अलैची व्यवसायी सङ्घका निर्मल भट्टराई, डीएसपी केशव थेबे, लोकतन्त्र पोस्टका मोहन काजी, विर्तामोड उद्योग वाणिज्य संघका महासचिव सुभाष भट्टराई
लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यले इजलास दैनिकको सय अङ्कसम्मको यात्राका बारेमा समीक्षा प्रस्तुत गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: