सरकारको कम्पनीले बेच्न थाल्यो मार्सी चामल

  प्रकाशित मिति
२५ माघ २०७७, आईतवार २०:०७


झापा, २५ माघ । मार्सी । अब यो शब्द निकै चर्चित भइसकेको छ । व्यापारिक ब्रान्डको रुपमा यसको प्रयोग हुन थालिसकेको छ । पछिल्लो समय सरकारको एउटा कम्पनीले नै मार्सी चामल बेच्न थालेको छ । मार्र्सी ब्रान्डका मदिरा समेत बजार आइपुगेका छन् ।

बीएन्डसी हस्पिटलका का कार्यकारी निर्देशक दुर्गा प्रसाईले कुनै बेला तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंको कौशलटारस्थित निजी निवासमा मार्सी चामलको भात खुवाएपछि मार्र्सी शब्दले जनजनमा परिचय पायो ।

प्रसाईले ओली र दाहाललाई मार्सी खुवाएपछि यो राजनीतिक वृत्तबाट सुरु भएको चर्चाले शिखर नै चुमेको थियो । अहिले यही मार्सी व्यापारिक ब्रान्ड बनेको छ ।

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं परीक्षणको रुपमा मार्सी चामल बेच्न सुरु गरेको छ ।

कम्पनीले नेपाल फुडमार्फत विक्री गरेको मार्सी उपभोक्ताको रोजाइमा परेको जनाएको छ ।

कम्पनीले प्रति किलो २२५ रुपैयाँ मार्सी चामलको मूल्य तोकेको छ । जुम्लाबाट किनेर ल्याएको मार्सी धानबाट चामल बनाइएको हो ।

यसैगरी, मार्सी चामललाई जनचर्चामा ल्याएको श्रेय पाएका बीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक प्रसाई आफैले मार्सी ब्रान्डको बियर उत्पादन गरिरहेका छन् ।

उनले भैरहवाको टाइगर ब्रुअरी ४ अर्बमा किनेर मार्सी बियर उत्पादन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: